राजनीति

परिवर्तनको प्रमुख बाहक शक्ति माओवादी मात्र : दाहाल

चितवन । नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले परिवर्तनको प्रमुख बाहक शक्ति माओवादी मात्र भएको बताएकी छिन । भरतपुर महानगरपालिका वडा नं ६ को पार्टी प्रवेश तथा राजनितिक प्रशिक्षण कार्यक्रममा बोल्दै दाहालले देशको विकास र समद्धि माओवादी केन्द्रबाट मात्र सम्भव हुने बताएकी हुन । एमाले ,कांग्रेस तथा अन्य पार्टीमा आफ्नो राजनितिक भविष्य नदेखी माओवादी केन्द्रमा प्रवेश गरेकाहरूलाई क्षमता अनुसार उचित जिम्मेवारी दिने बताउँदै उनले ढुक्क भएर संगठानिक गतिविधीमा लाग्न आग्रह गरिन् । उनले भनिन्, 'तपाईहरूको संरक्षण पार्टीले गर्छ तपाईहरू ढुक्क भएर लाग्नुस्' । 

कार्यक्रमलाई स्वागत गर्दै दाहालले आफू भरतपुर महानगरपालिका प्रमुखको भूमिकामा रहेर काम गर्दा सधै जनता र विकासलाई केन्द्रमा राखेर काम कार्बाही गरिरहेको बताउदै विकास शुसासन र जनहितमात्र आफ्नो लक्ष रहेको बताईन् । उनले आउने निर्वाचनमा माओवादी पार्टी देशको ठूलो पार्टी बन्नैपर्ने बताउदै यूगान्तकारी परिवर्तनको रक्षा र यसको विकासका लागी माओवादी नै चाहिने बताईन । उनले पार्टी निर्माणमा लाग्न सबैलाई आग्रह गरिन् ।

उनले भरतपुरको विकासमा आफू केन्द्रित भएको बताउदै विकासको नमुना आफूले भरतपुरबाट सुरू गरेको समेत बताईन् । उनले भनिन, 'तपाईहरूका जायज आवस्यकता र योजनाहरू लियर आउनुस् स्थानिय सरकारको तर्फबाट सक्दो सहयोग हुन्छ '। भरतपुर महानगरपालिकाले पूर्वाधारका साथै कृषि, स्वास्थ्य, शिक्षा सामाजिक विकासका साथै कृषी क्षेत्रमा प्रदान गरिएको अनुदानले उत्पादकत्व वृद्दिका साथै किसानको जिवनस्थरमा केहि हद सम्म सहयोग पुराएको बताईन् । भरतपुरमा अरबौका आयोजनाहरू अगाडी बढिरहेको बताउदै त्यो आफ्नो कार्यकालको सफलता रहेको उनको भनाई थियो । प्रमुख दाहालले नारायणी नदी तटबन्धनको मेघा प्रोजेक्ट पनि आफ्नै कार्यकालमा सुरूवात गर्ने लक्ष्यका साथ अगाडी बढिरहेको बताईन् ।

कार्यक्रममा नेकपा माओवादि केन्द्र बागमती प्रदेशका सचिबालय सदस्य तथा बागमती प्रदेश सांसद घनस्याम दाहाल (अबिनास) ले युगान्तकाकारी परिवर्तनको बाहक माओवादी केन्द्र र यसको मूल नेतृत्व अध्यक्ष प्रचण्ड नै रहेको भन्दै यसको रक्षा र विकास पनि प्रचण्डबाट मात्रै सम्भब हुने बताए । उनले एमाले नामको पार्टी कम्यूनिष्ट नामको कलंक भएको बताउदै उनिहरू प्रतिगमन र कम्यूनिष्ट आन्दोलनलाई समाप्त पार्ने काममा तल्लिन रहेको बताए ।माओवादी मात्र बोलेको कुरा पुरा गर्ने पार्टी भएको र अन्य राजनितिक पार्टीहरू उधारो सपना र भ्रम छर्ने भन्दै उनले माओवादीले चुनाब जितेको भरतपुर महानगर अघ्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र नं ३ लगायत देशभरी माओवादी उमेद्ववारले जितेका क्षेत्रमा विकास हेर्न जान आग्रह समेत गरे । 

यस्तै कार्यक्रममा माओवादी केन्द्र जिल्ला समन्वय समितिका अध्यक्ष एम बहादुर परियारले जनताको असलि पार्टी छानेर माओवादी केन्द्रमा प्रवेश गरेकाहरूलाई बधाई दिदै ढुक्क् भएर संगठन निर्माणमा लाग्न आग्रह  गरे । उनले पार्टीले उचित जिम्मेवारी दिने बताए ।

यस्तै कार्यक्रममा नव प्रवेशि सदस्य चक्रपाणी शर्माले विकास र समृद्धि मार्फत देशलाई अगाडी बढाउने पार्टी माओवादी नै लागेर पार्टि प्रवेश गरेको बताए । पार्टीलाई अब्बल बनाउन आफ्नो तर्फबाट सक्दो भूमिका खेल्ने बताए ।

माओवादी केन्द्रमा प्रवेश गर्नेहरूमा सुसन लामिछाने, पर्बत वाग्ले, दिपेस थापा, निराजन पण्डित, सन्तोस बिक, बिष्णु अधिकारी, प्रेम बहादुर अधिकारी, हरी पन्त, शसी पराजुली, रोशन बिष्ट, बसन्त घिमीरे, आषिस धिमीरे, राजेन्द्र गुरुङ, राम शर्मा, भीमबहादुर मगर, सफल धिताल, रोशन मगर, रामबहादुर दराई, दिपेस सुनार, सुजन चापागाई, शम्सेर बिक, संगित न्यौपाने, सुसन लामिछाने, बिकु न्योपाने लगायत २ सय १४ जना रहेका छन् । 

उनिहरुलाई माओवादी केन्द्रकी केन्द्रिय सदस्य, भरतपुर महानगर कमीटी ईन्चार्ज तथा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले टिका र खादा लगायर पार्टी प्रबेश गराएकी हुन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत