भृकुटीमण्डपमा व्यापार मेला सुरु, छुट तथा सहुलियत पाइने
- गाउँ सहर संवाददाता
- २७ कार्तिक शनिबार, २०७८ | ०७:००:०० मा प्रकाशित

काठमाडौं । फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा शुक्रबारदेखि व्यापार मेला सुरु गरेको छ । आगामी मङ्सिर १३ गतेसम्म चल्ने उक्त मेलामा विभिन्न ३० वटा जुता चप्पल कम्पनीका ६० वटाभन्दा बढी बिक्री कक्ष राखिएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मेलको उद्घाटन गर्दै मुलुकको विकास निर्माणमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने हुँदा स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न सरकारले लगानी बढाउनुपर्ने बताए ।
एसोसिएसनका अध्यक्ष कृष्ण फुयालले स्वदेशी उत्पादनलाई प्रवद्र्धन तथा विस्तार गर्ने उद्देश्यले मेला गर्न लागिएको जानकारी दिए । उनले अहिले कच्चापदार्थ आयातमा समस्या रहेकाले मागअनुसारको उत्पादन हुन नसकेको र यस क्षेत्रमा रहेका धेरै कम्पनी तथा उद्यमीलाई असर परेको बताए ।
मेला अवधिमा उपभोक्तालाई केही छुट तथा सहुलियत उपलब्ध गराइने जनाइएको छ । करिब १० लाख दर्शकले अवलोकन गर्ने तथा एक लाख ५० हजार जोर जुत्ताचप्पलको कारोबार हुने अनुमान गरिएको छ । एसोसिएसनले मुलुकमा अर्थतन्त्रलाई गतिशील बनाउन र व्यावसायिक क्रियाकलापलाई सहज बनाउन आवश्यक नीतिनिर्माण गर्न सरकारलाई आग्रह गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
प्रतिकृया दिनुहोस