भृकुटीमण्डपमा व्यापार मेला सुरु, छुट तथा सहुलियत पाइने
- गाउँ सहर संवाददाता
- २७ कार्तिक शनिबार, २०७८ | ०७:००:०० मा प्रकाशित
काठमाडौं । फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा शुक्रबारदेखि व्यापार मेला सुरु गरेको छ । आगामी मङ्सिर १३ गतेसम्म चल्ने उक्त मेलामा विभिन्न ३० वटा जुता चप्पल कम्पनीका ६० वटाभन्दा बढी बिक्री कक्ष राखिएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मेलको उद्घाटन गर्दै मुलुकको विकास निर्माणमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने हुँदा स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न सरकारले लगानी बढाउनुपर्ने बताए ।
एसोसिएसनका अध्यक्ष कृष्ण फुयालले स्वदेशी उत्पादनलाई प्रवद्र्धन तथा विस्तार गर्ने उद्देश्यले मेला गर्न लागिएको जानकारी दिए । उनले अहिले कच्चापदार्थ आयातमा समस्या रहेकाले मागअनुसारको उत्पादन हुन नसकेको र यस क्षेत्रमा रहेका धेरै कम्पनी तथा उद्यमीलाई असर परेको बताए ।
मेला अवधिमा उपभोक्तालाई केही छुट तथा सहुलियत उपलब्ध गराइने जनाइएको छ । करिब १० लाख दर्शकले अवलोकन गर्ने तथा एक लाख ५० हजार जोर जुत्ताचप्पलको कारोबार हुने अनुमान गरिएको छ । एसोसिएसनले मुलुकमा अर्थतन्त्रलाई गतिशील बनाउन र व्यावसायिक क्रियाकलापलाई सहज बनाउन आवश्यक नीतिनिर्माण गर्न सरकारलाई आग्रह गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादसैँ सुरु, आज घटस्थापना
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
प्रतिकृया दिनुहोस