भृकुटीमण्डपमा जारी शैक्षिक मेलामा काठमाडौं महानगरकाे हस्तक्षेप
- गाउँ सहर संवाददाता
- ३२ जेठ बिहीबार, २०८० | १७:५२:०० मा प्रकाशित

काठमाडौं । भृकुटीमण्डपमा बिहीबारबाट आयोजना भइरहेको शैक्षिक मेलामा काठमाडौं महानगरले हस्तक्षेप गरेको छ । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपालले आयोजना गरेको शैक्षिक मेलामा महानगरले हस्तक्षेप गरेको हो ।
एसईई दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै उच्च शिक्षाबारेमा जानकारी दिन भन्दै क्याम्पसमा रिजल्ट अगावै अग्रिम सिट बुक गराउन लगाउने उद्देश्यले हरेक वर्ष आयोजना हुँदै आएको कार्यक्रममा महानगरले हस्तक्षेप गरेको हो ।
प्रक्रिया पूरा नगरी उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)ले मेला सञ्चालन गरेको भन्दै महानगरले मेलामा राखिएका स्टलहरु हटाएको काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।
‘नतिजा नै नआइकन स्टल थापेर विद्यार्थी र अभिभावकलाई भर्नाको लागि लोभ्याउने, फोर्स गर्ने कार्य रोकेका छौं, अब स्टल बन्द भएको छ,’ नगर प्रहरी प्रमुख पाण्डेले भने ।
एसईई र कक्षा १२ को नतिजा कुरेर बसेका विद्यार्थी अभिभावकलाई लक्षित गरेर राखिएको हिसान मेला अनधिकृत रुपमा सञ्चालन भएको महानगरले जनाएको छ ।
नतिजा आउनु अगाडि नै मेला आयोजना गर्नु अनधिकृत भएकोले स्टल हटाएको महानगरको दाबी छ ।
विगत केही वर्षदेखि एसईईको परीक्षा सकिने वित्तिकै विभिन्न संघ तथा शैक्षिक संस्थाहरुका छाता संगठनहरुले यस्ता कार्यक्रम गर्दै आएका छन् । विद्यार्थीलाई आफ्नो कलेजमा नै पढ्न लगाउने गरि स्किम बाँड्ने, रिजल्ट अघि नै विद्यार्थीलाई भर्ना गर्ने प्रतिबद्धता गर्न लगाउने जस्ता कार्यहरु बढ्दै गएको भन्दै महानगर एक्सनमा उत्रिएको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
प्रतिकृया दिनुहोस