तस्बिरमा भृकुटीमण्डपमा कांग्रेसको १४औं महाधिवेशनको चहलपहल (फाेटाेहरू)
- गाउँ सहर संवाददाता
- २४ मङ्सिर शुक्रबार, २०७८ | १३:१८:०० मा प्रकाशित
.jpeg)
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा कांग्रेसको १४औं महाधिवेशनको चहलपहल सुरु भएको छ । शुक्रबार दिउँसो १ बजे महाधिवेशनको उद्घाटन समारोह हुनेछ । यतिबेला भृकुटीमण्डपमा प्रतिनिधिहरू आउने क्रम जारी छ ।
महाधिवेशनको सुरक्षाका लागि करिब ५ हजार सुरक्षाकर्मी परिचालन गरिएको बताइएको छ । कांग्रेसले कोरोना संक्रमणलाई मध्यनजर गर्दै महाधिवेशनमा काठमाडौं उपत्यकाबाहिरबाट मानिस नल्याउने भएको छ । त्यस्तै उद्घाटन समारोहअगाडि र्याली पनि ननिकालिने कांग्रेसले जनाएको छ ।
महाधिवेशनस्थलमा मास्क अनिवार्य गरिएको छ । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षामा विशेष ध्यान पुर्याइने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिलाई दिइएको झोलामा १० वटा मास्क पनि उपलब्ध गराइएको छ । मास्क नलगाई आउनेलाई मास्क लगाउन आग्रह गरिने पनि शर्माले बताए । मास्क लगाएको/नलगाएको बारे प्रहरीले अनुगमन गर्ने पनि शर्माले बताए ।१४औं महाधिवेशनमा करिब ४६ सय प्रतिनिधि सहभागी हुनेछन् ।
तस्बिर- निश्चल बिमली, गाउँसहर ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
प्रतिकृया दिनुहोस