गण्डकी प्रदेशको आर्थिक गतिविधि अध्ययन कस्ताे ? हेर्नुहाेस् पूर्ण विस्तारमा गाउँ सहरमा
- गाउँ सहर संवाददाता
- २६ कार्तिक शुक्रबार, २०७८ | १७:२०:०० मा प्रकाशित

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले गण्डकी प्रदेशको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७७/७८) सार्वजनिक गरेकाे छ ।
मुलुकको शासकीय स्वरुप संघीय संरचनामा रुपान्तरण भएपश्चात् केन्द्रीय बैंकको भूमिकालाई प्रादेशिक स्तरसम्म पु-याउने अभिप्रायले सबै प्रदेशमा बैंकका प्रादेशिक कार्यालय स्थापना गर्नुका साथै आर्थिक गतिविधि अध्ययनका लागि सबै जिल्लाहरुलाई समेटी सकिएको उसले बताएकाे छ ।
कार्यक्षेत्र विस्तारसँगै आर्थिक गतिविधि अध्ययन एवम् प्रतिवेदन प्रकाशन सम्बन्धी कार्यलाई व्यवस्थित गर्न अवलम्बन गरिएको मार्गदर्शनमा समसामयिक संशोधन गरी “नेपाल राष्ट्र बैंक आर्थिक गतिविधि अध्ययन मार्गदर्शन, २०७६” कार्यान्वयनमा ल्याइएको उल्लेख छ ।
उक्त मार्गदर्शन अनुसार गण्डकी प्रदेशका ११ वटैजिल्लाहरु (कास्की, तनहुँ, लमजुङ, गोरखा, म्याग्दी, बाग्लुङ, स्याङ्जा, पर्वत, नवलपरासी पूर्व, मनाङ र मुस्ताङ) को समग्र आर्थिक तथा वित्तीय अवस्थालाई समेटी यो प्रतिवेदन तयार पारिएको नेपाल राष्ट्र बैंकले जनाएकाे छ ।
उसका अनुसार गण्डकी प्रदेशका ११ वटा जिल्ला मध्ये बाढी पहिरोको कारण स्थलमार्ग अवरुद्ध भएकोले मनाङ बाहेक अन्य १० वटा जिल्लाहरुको स्थलगत सर्वेक्षणका माध्यमबाट कृषि, उद्योग, सेवा, पूर्वाधार विकास लगायतका अर्थतन्त्रका प्रमुख क्षेत्रहरुको आर्थिक वर्ष २०७७/७८ को वार्षिक तथ्याङ्क जिल्लागत रुपमा संकलन/प्रशोधन गरी यो प्रतिवेदन तयार पारिएको छ । क्षेत्रगत आर्थिक गतिविधिको तथ्याङ्कीय अवस्थाका साथै प्रत्येक क्षेत्रमा विद्यमान समस्या/चुनौती र सम्भावनालाई समेत प्रतिवेदनमा प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख छ ।
जिल्लास्थित विभिन्न सरकारी कार्यालय, क्षेत्रीय निर्देशनालय एवम्सम्बन्धित परियोजना/उद्योग प्रतिष्ठानबाट प्राप्त तथ्याङ्कका आधारमा जिल्लागत तथा प्रदेशको समग्र अवस्था प्रस्तुत गरिएको छ भने सरोकारवाला निकाय/व्यक्ति तथा विषय विज्ञसँगको अन्तरक्रिया एवम् सर्वेक्षणकर्ताको विश्लेषण समेतका आधारमा क्षेत्रगत समस्या/चुनौती तथा आर्थिक वर्ष २०७८/७९ को परिदृश्य चित्रण गरिएको बैंकले उल्लेख गरेकाे छ ।
गण्डकी प्रदेशको आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस