आधा घण्टाभित्र सर्वोच्च परिसरबाट सुरक्षाकर्मी हटाउन अधिवक्ता कार्कीले गरे आग्रह
- गाउँ सहर संवाददाता
- २६ कार्तिक शुक्रबार, २०७८ | ११:३३:०० मा प्रकाशित

काठमाडौं । आधा घण्टाभित्र सर्वोच्च परिसरबाट सुरक्षाकर्मी हटाउन अधिवक्ता कार्कीले गरे आग्रह गरेका छन् । कार्कीले गृहमन्त्री बालकृष्ण खाँणलाई फोन गरेर सर्वोच्च अदालत परिसरबाट सुरक्षाकर्मीहरु आधा घण्टाभित्र हटाउन आग्रह गरेका हुन् ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरु आन्दोलनरत छन् । नेपाल बार एशोसिएसनको आह्वानमा कानुन व्यवसायीहरुले अाज सर्वोच्च अदालतको मूल गेटमा नै धर्ना दिएका छन् ।
धर्नाकारीहरुलाई रोक्न सर्वोच्च परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
धर्नाप्रति आपत्ति जनाउँदै वरिष्ठ अधिवक्ता कार्कीले धर्ना स्थलबाटै गृहमन्त्रीलाई फोन गरेका हुन् । कानुन व्यवसायीहरुका कारण अदालत असुरक्षित नहुने भन्दै उनले गृहमन्त्रीलाई भनेका छन्, ‘आधा घण्टाभित्र सर्वोच्च अदालत परिसरबाट सुरक्षाकर्मी हटाउनुस्, होइन भने राम्रो हुँदैन ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस