गाउँ सहर
सर्वोच्च अदालतको मुल प्रवेशद्वारमै वकिलहरूकाे धर्ना
- गाउँ सहर संवाददाता
- २६ कार्तिक शुक्रबार, २०७८ | १०:२७:०० मा प्रकाशित
.jpeg)
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायी सर्वोच्च अदालतको मुल प्रवेशद्वारमै धर्नामा बसेको छ ।
बारका पदाधिकारीहरूलाई सर्वोच्च अदालत परिसरमै प्रहरी हस्तक्षेप गरेको विरोधमा आज कानून व्यवसायीहरु धर्नामा बसेका हुन् । उनीहरुलाई प्रहरीले अदालत प्रवेशमा रोक लगाएको छ ।
यस्तै कानून व्यवसायी र प्रधानन्यायाधीशका समर्थकबीच झडप भएको छ । त्यहाँबाट प्रहरीले केहीलाई पक्राउ गरेको छ । त्यहाँ आन्दोलनरत पक्ष र विपक्षका कानुन व्यवसायीहरूबीच केहीबेर धकेला-धकेल भएको थियो ।
प्रदर्शनका कारण सर्वोच्च अदालत अगाडिको सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि त्यस आसपासको क्षेत्रमा ट्राफिक जाम भएको छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस