गाउँ सहर
सर्वोच्च अदालतको मुल प्रवेशद्वारमै वकिलहरूकाे धर्ना
- गाउँ सहर संवाददाता
- २६ कार्तिक शुक्रबार, २०७८ | १०:२७:०० मा प्रकाशित
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायी सर्वोच्च अदालतको मुल प्रवेशद्वारमै धर्नामा बसेको छ ।
बारका पदाधिकारीहरूलाई सर्वोच्च अदालत परिसरमै प्रहरी हस्तक्षेप गरेको विरोधमा आज कानून व्यवसायीहरु धर्नामा बसेका हुन् । उनीहरुलाई प्रहरीले अदालत प्रवेशमा रोक लगाएको छ ।
.jpg)
यस्तै कानून व्यवसायी र प्रधानन्यायाधीशका समर्थकबीच झडप भएको छ । त्यहाँबाट प्रहरीले केहीलाई पक्राउ गरेको छ । त्यहाँ आन्दोलनरत पक्ष र विपक्षका कानुन व्यवसायीहरूबीच केहीबेर धकेला-धकेल भएको थियो ।
प्रदर्शनका कारण सर्वोच्च अदालत अगाडिको सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भएपछि त्यस आसपासको क्षेत्रमा ट्राफिक जाम भएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस