गाउँ सहर

करोना पीडितका लागि आएको रकममा नगरप्रमुख शेख वकिलले हिनामिना गरेकाे आरोप 

राैतहट । नेपाल सरकारले करोना पीडित जनतालाई सहयोग गर्न दिएको अनुदान रकममा अनियमितता भएको स्थानीयले आरोप लगाएका छन् । परोहा नगरपालिकाले २ वर्ष आगाडी करोना पीडितलाई सहयोग रकम वितरण गर्न एक सहकारी संस्थालाई दिएपनि हालसम्म सबै जनालाई वितरण नगरेपछि अनियमितता नै भएको दाबी गरेका छन् ।

नेकपा माओवादीका नेता तथा परोहा नपा वडा नम्बर ४ का वडा प्रत्यासि अमिन्द्र यादवले दिएको जानकारी अनुसार पालिकामा क वर्गकाे प्रभु बैंक परोहा शाखा हुँदाहुँदै पनि काखापाखा गर्ने मनलाग्दी गर्ने नियतले पुजनिय सहकारी संस्थाको खातामा रकम पठाई नगर प्रमुख शेख वकिलले नियतबस भ्रष्टाचार गर्न खाेजेको आरोप लगाएका छन् । 

नगरप्रमुख शेख वकिल र पुजनिय सहकारी संस्थाले रकम हिनामिना गर्न खोजेको आरोप लगाउँदै स्थानीय युवा ईन्जिनियर सतेन्द्र प्रसाद यादवले बुधवारसम्म सबै करोना पीडितलाई रकम वितरण नगरे नगरपालिका घेराउ गर्ने सामाजिक सञ्जाल मार्फत चेतावनीसमेत दिएका छन् ।

नगरप्रमुख शेख वकिल र पुजनिय सहकारी संस्थालाई करोना पीडित जनताको लागि आएको सहयोग समयमा वितरण गर्नु पर्दछ नियत भएको भए २ वर्षदेखि पक्कै रोकेर राख्दैन थिए नेता यादवले भने ।

परोहा नगरपालिकालाई  नेपाल सरकारले करोना पीडितलाई सहयोग गर्न ससर्त अनुदान शीर्षकमा ९० लाख रुपैयाँ पठाएको र रकम फ्रिज नहाेस् भनी सहकारी संस्थाको खाता रकम पठाउन लगाएको नगर प्रमुख शेख वकिलले बताए । सबै वडामा रकम बितरण भई रहेको दाबी गर्दै अब ३० लाख रुपैयाँ मात्र वितरण गर्न बांँकी रहेको बताए ।

वडाको सिफारिसमा नगरपालिकाले उक्त रकम वितरण गर्न निकै कठिनाई भएको र चुनाव बिचमा परेका कारण पनि आफुले बदनाम हुने डरले केही समय रकम रोकेर राखेको नगर प्रमुख शेख वकिलले स्विकार गरेका छन् ।

गाउँ सहर संवाददाता

तपाईँको मत