समाज
सरकारी वकिलका सेवा शर्तसम्बन्धी छुट्टै ऐन बनाउन पहल गर्ने : महान्यायाधिवक्ता पोखरेल
- १५ पौष शुक्रबार, २०७९ | १०:५४:०० मा प्रकाशित

काठमाडौं । महान्यायाधिवक्ता डा.दीनमणि पोखरेलले आफूले सरकारी वकिललाई थप बलियो बनाउन सक्दो प्रयत्न गर्ने बताएका छन् । राष्ट्रपति कार्यालयबाट पद तथा गोपनीयताको शपथ लिएर महान्यायाधिवक्ताको कार्यालयमा पदभार ग्रहण गर्दै उहाँले नियमित कामका साथै थप सुधारका कामलाई प्राथमिकता दिने बताए ।
“मेरो कार्यकाल कति रहन्छ, त्यो समयभित्र प्रभावकारी तरिकाले काम गर्नेछु”, उनले भने, “संस्थालाई थप बलियो र राम्रो बनाउने काममा मेरो प्रयास रहनेछ ।”
उनले सरकारी वकिलका सेवा शर्तसम्बन्धी छुट्टै ऐन बनाउन पहल गर्नेसमेत बताए । उनले एउटा व्यक्तिले मात्र सुधारका कार्य सम्भव नभएको हुनाले सामूहिक काममा आफूले विश्वास गर्ने भन्दै यसअघिका महान्यायाधिवक्ताले गरेका सबै राम्रो कामलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिकृया दिनुहोस