प्रहरीले बुझायो अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन
- गाउँ सहर संवाददाता
- ८ जेठ सोमबार, २०८० | १३:५८:०० मा प्रकाशित
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा काठमाडौंमा प्रतिवेदन बुझाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले झण्डै दुई महिना लामो अनुसन्धानपछि सोमबार दिउँसो प्रतिवेदन बुझाएको हो ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको निष्कर्ष निकालेको र रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको काठमाडौं प्रहरी परिसरका एक अधिकृतले बताए ।
प्रहरीले पक्राउ परेका १६ जनासहित ३२ जनाविरुद्ध २७ करोड बिगोसहित जरिबाना गर्नुपर्ने उल्लेख गर्दै प्रतिवेदन तयार पारेको छ ।
नेपाली युवालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान सक्रिय गिरोहविरुद्ध प्रहरीले अभियान चलाएको थियो । सो मुद्दामा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डेसहित १६ जना पक्राउ परेका छन् ।
बाँकी फरार रहेका १६ जनाविरुद्ध पनि मुद्दा चलाउन सिफारिस गरिएको छ ।
यसैबीच प्रहरीले भुटानी शरणार्थी प्रकरणमा गरेको अनुसन्धनको प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान पूरा गरेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाइ प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा संगठित अपराध, ठगि र राज्य विरुद्धको अपराधमा मुद्दघा चलाउन सिफारिस गरिएको छ ।
“प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान सकेर प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा संगठित अपराध, ठगि र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउन रायसमेत प्रस्तुत भएको छ,” जिल्ला सरकारी वकिल कार्यलयको प्रमुख उपन्यायाधिवक्ता अच्युतमणि न्यौपानले भने, “उहाँहरुले सिफारिस गर्नुभएको छ । मुद्दघा चलाउने अधिकार हामीलाई भएकाले प्रतिवेदन अध्ययन पछि निर्णय हुन्छ ।”
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
- नवरात्रको आज चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरी मनाइँदै
- विनाशकारी बाढीअघि लाङटाङ लिरुङमा ४० सेन्टिमिटरसम्म भू–विस्थापन, पूर्वसूचना प्रणालीमा चुनौती
- ओमानमाथि नेपालको जित
- राष्ट्रपतिले जारी गरे दुई अध्यादेश
- नेप्से परिसूचन २६ सय नजिक
प्रतिकृया दिनुहोस