राष्ट्रपति भवनबाट राष्ट्रिय जनगणना २०७८ सुरु, भण्डारीबाट परिवार तथ्यांक संकलन
- गाउँ सहर संवाददाता
- २५ कार्तिक बिहीबार, २०७८ | १२:५४:०० मा प्रकाशित
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय जनगणना २०७८ को औपचारिक सुरुवात गरेकी छन् ।
शितल निवासमा बिहीबार बिहान पुगेको गणकको टोलीलाई राष्ट्रपति भण्डारीले आफ्नो परिवारको तथ्यांक उपलब्ध गराउँदै राष्ट्रिय जनगणना २०७८ को औपचारिक सुरुवात गरेकी हुन् ।
.jpg)
राष्ट्रपति भण्डारीको पहिलो विवरण संकलन गर्दै आजदेखि देशभर १२ औँ राष्ट्रिय जनगणना सुरु भएको छ । राष्ट्रपतिको जनगणनाका लागि शीतल निवास पुगेका गणकहरुले सोधेको प्रश्नको उत्तर राष्ट्रपति स्वयंले दिएकी थिइन् । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठसहितको टोली राष्ट्रपति निवासमा पुगेको थियो ।
जनगणनाको प्रश्नावलीमा ८० वटा प्रश्न समावेश छ। देशभर गणकहरु जनताका घरघरमा पुगेर जनगणना गरिरहेका छन् ।
‘मेरो जनगणना मेरो सहभागिता’ नारासहित आजदेखि सुरु जनगणना मंसिर ९ गते सकिने छ । देशभरको जनगणना गर्न ४० हजार गणक र ८ हजार ५०० सुपरिवेक्षक खटाइएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
प्रतिकृया दिनुहोस