राष्ट्रपति भवनबाट राष्ट्रिय जनगणना २०७८ सुरु, भण्डारीबाट परिवार तथ्यांक संकलन
- गाउँ सहर संवाददाता
- २५ कार्तिक बिहीबार, २०७८ | १२:५४:०० मा प्रकाशित
.jpeg)
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय जनगणना २०७८ को औपचारिक सुरुवात गरेकी छन् ।
शितल निवासमा बिहीबार बिहान पुगेको गणकको टोलीलाई राष्ट्रपति भण्डारीले आफ्नो परिवारको तथ्यांक उपलब्ध गराउँदै राष्ट्रिय जनगणना २०७८ को औपचारिक सुरुवात गरेकी हुन् ।
राष्ट्रपति भण्डारीको पहिलो विवरण संकलन गर्दै आजदेखि देशभर १२ औँ राष्ट्रिय जनगणना सुरु भएको छ । राष्ट्रपतिको जनगणनाका लागि शीतल निवास पुगेका गणकहरुले सोधेको प्रश्नको उत्तर राष्ट्रपति स्वयंले दिएकी थिइन् । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठसहितको टोली राष्ट्रपति निवासमा पुगेको थियो ।
जनगणनाको प्रश्नावलीमा ८० वटा प्रश्न समावेश छ। देशभर गणकहरु जनताका घरघरमा पुगेर जनगणना गरिरहेका छन् ।
‘मेरो जनगणना मेरो सहभागिता’ नारासहित आजदेखि सुरु जनगणना मंसिर ९ गते सकिने छ । देशभरको जनगणना गर्न ४० हजार गणक र ८ हजार ५०० सुपरिवेक्षक खटाइएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस