स्वास्थ्य

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०२ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २०२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १५५, भक्तपुरमा १५ र ललितपुरमा ३२ जना संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ जनाले ज्यान गुमाएका छन् ।

बुधबार ४७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर ७ हजार ५१९ सक्रिय संक्रमित रहेका छन् ।

गत चौबीस घन्टामा ५ हजार ४०७ पीसीआर तथा १ हजार ४०७ एन्टिजेन परीक्षण भएको छ ।

गाउँ सहर संवाददाता