देशमा अब सात हजार ६१२ सक्रिय संक्रमित, एकको निधन, ५३३ नयाँ थपिए
- गाउँ सहर संवाददाता
- २३ कार्तिक मंगलबार, २०७८ | १६:२०:०० मा प्रकाशित
काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४५४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १६ हजार ७३६ को परीक्षण हुँदा ५३३ संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या गत २४ घण्टामा ४८४ छ । देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ११० छ ।
देशमा सक्रिय संक्रमितको संख्या सात हजार ६१२ रहेको छ ।
अहिलेसम्म पूर्ण खोप खोप लगाउनेको संख्या ७४ लाख ६८ हजार ९१४ छ । पछिल्लो समय ४३ हजार ३८० जनाले खोप लगाएका छन् ।
मन्त्रालयका अनुसार संक्रमण दर १८.२ प्रतिशत र मृत्यु प्रति दश लाखमा ३७७ रहेको छ ।
मन्त्रालयका अनुसार अहिले ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरु २ छन् भने २०० माथि संक्रमित रहेका ९ जिल्लाहरु छन् ।
तर मुगु र हुम्ला शुन्य संक्रमित रहेका जिल्ला बनेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- जन्मदिनमा छोराको १७ लाखको जीवन बीमा, एजेन्सी म्यानेजर धमालाको उदाहरणीय पहल
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
प्रतिकृया दिनुहोस