देशमा अब सात हजार ६१२ सक्रिय संक्रमित, एकको निधन, ५३३ नयाँ थपिए
- गाउँ सहर संवाददाता
- २३ कार्तिक मंगलबार, २०७८ | १६:२०:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप १ जना संक्रमितको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४५४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १६ हजार ७३६ को परीक्षण हुँदा ५३३ संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या गत २४ घण्टामा ४८४ छ । देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ११० छ ।
देशमा सक्रिय संक्रमितको संख्या सात हजार ६१२ रहेको छ ।
अहिलेसम्म पूर्ण खोप खोप लगाउनेको संख्या ७४ लाख ६८ हजार ९१४ छ । पछिल्लो समय ४३ हजार ३८० जनाले खोप लगाएका छन् ।
मन्त्रालयका अनुसार संक्रमण दर १८.२ प्रतिशत र मृत्यु प्रति दश लाखमा ३७७ रहेको छ ।
मन्त्रालयका अनुसार अहिले ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरु २ छन् भने २०० माथि संक्रमित रहेका ९ जिल्लाहरु छन् ।
तर मुगु र हुम्ला शुन्य संक्रमित रहेका जिल्ला बनेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
- कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
- लाओसबिरूद्ध नेपालकाे ९ गाेल, साम्बाकाे मात्रै ५ गाेल
- २६ अंकले बढेको नेप्सेका कति भयाे कारोबार
- निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- रास्वपा र राप्रपाद्वारा आज पनि सदन बहिष्कार
- विशाल रन लक्ष्य दिएकाे नेपालले इन्डोनेसियालाई ५० रनमै अलआउट
प्रतिकृया दिनुहोस