मुक्तिनाथ क्यापिटलको प्रस्तावित १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित
- गाउँ सहर संवाददाता
- २३ कार्तिक मंगलबार, २०७८ | १४:४१:०० मा प्रकाशित
काठमाडाैँ । मुक्तिनाथ क्यापिटल लि. को विशेष साधारण सभा मिति २०७८/०७/२३ गते क्यापिटलका अध्यक्ष सीताराम काफ्लेको अध्यक्षतामा सम्पन्न भएको छ ।
कमलादी काठमाडौंमा सम्पन्न भएको विशेष साधारण सभाले प्रस्तावित १ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
हकप्रद शेयर निष्काशन गरे पश्चात् क्यापिटलको पुँजि वृद्धि भई रु.४०.५० करोड पुग्नेछ ।
मुक्तिनाथ क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन, निक्षेप सदस्य तथा प्रत्याभुतिकर्ता सम्बन्धी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
कम्पनीले यस आर्थिक वर्ष देखि संस्थागत परामर्शदाता अन्तर्गतका सेवाहरु तथा समेत संचालन गर्ने योजना रहेको जनाएको छ । त्यसैगरी यसै आर्थिक वर्ष भित्र मुक्तिनाथ विकास बैंक लिमिटेड कोष प्रवर्द्धक तथा मुक्तिनाथ क्यापिटल योजना व्यवस्थापक रहने गरी सामुहिक लगानी कोष संचालन गर्ने योजना समेत रहेको उसले बताएकाे छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस