स्वास्थ्य

देशमा अब सात हजार ६५४ काेराेनाका सक्रिय संक्रमित, थप पाँच जनाले ज्यान गुमाए

काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप पाँच जना संक्रमितको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा पाँच हजार २६ को परीक्षण हुँदा ३९० संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार निको हुनेको संख्या गत २४ घण्टामा ४२५ छ ।

देशभरका क्वारेन्टाइनमा रहनेको संख्या १११ छ । देशमा सक्रिय संक्रमितको संख्या सात हजार ६५४ रहेको छ ।

अहिलेसम्म पूर्ण खोप खोप लगाउनेको संख्या ७४ लाख ३६ हजार ७१४ छ । पछिल्लो समय १ हजार ९१७ जनाले खोप लगाएका छन् ।

मन्त्रालयका अनुसार संक्रमण दर १८.३ प्रतिशत र मृत्यु प्रति दश लाखमा ३७७ रहेको छ ।

मन्त्रालयका अनुसार अहिले ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरु ३ छन् भने २०० माथि संक्रमित रहेका ८ जिल्लाहरु छन् ।

तर मुगु र हुम्ला शुन्य संक्रमित रहेका जिल्ला बनेका छन् ।

गाउँ सहर संवाददाता