प्रदेश १ को आर्थिक गतिविधि कस्तो ? अध्ययन प्रतिवेदन यसाे भन्छ
- गाउँ सहर संवाददाता
- २१ कार्तिक आइतबार, २०७८ | ०८:२४:०० मा प्रकाशित

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले साविकका ९ वटा जिल्लाहरुबाट प्रदेश नं. १ अन्तर्गतका सबै १४ जिल्लाहरुमा (ताप्लेजुङ, पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, सुनसरी, मोरङ,सोलुखुम्बुओखलढुङ्गा, खोटाङ र उदयपुर) काे अध्ययन गरि आर्थिक गतिविधि अध्ययन एवम् प्रतिवेदन प्रकाशन गरेकाे छ ।
बैंकले “आर्थिक गतिविधि तथा विशेष अध्ययन मार्गदर्शन, २०७६” कार्यान्वयनमा ल्याएको छ । उक्त मार्गदर्शनको आधारमा कार्यालयको कार्यक्षेत्रभित्र पर्ने प्रदेश नं. १ अन्तर्गतका उल्लिखित सबै १४ जिल्लाहरुमध्ये ११ जिल्लाबाट स्थलगत तथा बाँकी ३ जिल्लाबाट गैह्रस्थलगत रुपमा संकलन गरिएको अर्थतन्त्रका प्रमुख क्षेत्रहरु कृषि, उद्योग, सेवा तथा पूर्वाधार विकास सम्बन्धी तथ्याङ्कको प्रशोधन र विश्लेषण गरी विगत वर्षहरुमा जस्तै आ.व. २०७७/७८ को वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन तयार पारिएको छ ।
प्रतिवेदनमा सरोकारवाला निकाय/व्यक्ति तथा विषय विज्ञसँगको अन्तरक्रिया, छलफल एवम् सर्वेक्षणकर्ताको विश्लेषण समेतका आधारमा पहिचान भएका क्षेत्रगत चुनौती, सम्भावना तथा आगामी परिदृश्य समेत चित्रण गरिएको बैंकले उल्लेख गरेकाे छ ।
पूर्ण प्रतिवेदन यहाँ हेर्नुहाेस्

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस