बल्ल भयाे प्रदेश १ काे न्वारन, नाम रह्याे ‘कोशी प्रदेश’
- गाउँ सहर संवाददाता
- १७ फाल्गुण बुधबार, २०७९ | २२:०५:०० मा प्रकाशित

काठमाडौं । प्रदेश १ को पनि नामाकरण भएको छ। बुधबार बसेको प्रदेश सभा बैठकले सो प्रदेशको नाम 'कोशी प्रदेश' हुने टुंगो लगाएको हो।
एमालेका सांसद रामबहादुर राना मगरले प्रस्ताव गरेको कोशी प्रदेशमा आवश्यक दुई तिहाइ मत जुटेपछि सोही नाम पारित भएको हो। एमालेको सो प्रस्तावलाई कांग्रेस र माओवादी केन्द्रले समेत साथ दिएका थिए।
बुधबार भएको मतदानमा प्रस्तावको पक्षमा ८२ मत परेको थियो। यस्तै विपक्षमा ४ मत परेको छ भने ६ जना सांसद अनुपस्थित भएका थिए।
एकीकृत समाजवादीका सांसद राजेन्द्रकुमार राईले प्रस्ताव गरेको लिम्बुवान-किराँत- सगरमाथा प्रदेशमाथि भने छलफल नै हुन सकेन। छलफलको प्रस्ताव नै अस्वीकृत भएको थियो। सो प्रस्तावको पक्षमा एकीकृत समाजवादी र जसपा उभिएका थिए।
सातमध्ये ६ वटै प्रदेशले प्रदेश सभाको पहिलो कार्यकालमै नाम टुंगो लगाइसकेको भए पनि प्रदेश १ को भने बाँकी थियो। प्रदेश सभाको दोस्रो कार्यकालमा यो प्रदेशले पनि नाम टुंगो लगाएपछि अब सातै प्रदेशले नाम पाएका छन्।
जनता समाजवादी पार्टीकी नेता एवम स्वास्थ्य मन्त्री निर्मला लिम्बु मतदान प्रक्रियमा सहभागी हुन पाइनन्।
मतदान सुरु भएपछि प्रदेश सभा बैठकमा प्रवेश गरेकी उनलाई मर्यादापालकले रोकेका थिए।
मर्यादापालकले प्रदेश सभामा प्रवेश गर्न नदिएपछि मन्त्री लिम्बू प्रदेश सभा परिसरबाट फर्केएकी थिइन्।
मतदानका क्रममा सञ्चारकर्मीलाई पनि बाहिर निकालिएको थियो। पत्रकार रहेको स्थानबाट सभामुख बाबुराम गौतमले पत्रकारलाई निकाल्न रुलिङ गरेपछि मर्यादापालकले बाहिर निकालेका थिए।
नामाकरणसँगै प्रदेश सभा अनिश्चित कालका लागि स्थगित भएकाे छ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
- मरिचका बिरुवा बेचेर मनग्य आम्दानी
- राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने
प्राप्त प्रतिक्रिया
खुसीको कुरा ! प्रदेश नं १ को नाम भूगोलको आधारमा " कोशी-प्रदेश " नाम राख्नु सुन्दर पक्ष हो ! बधाई छ १ नं प्रदेशका सांसदहरुलाई !
प्रतिकृया दिनुहोस