गण्डकी प्रदेश प्रहरी कार्यालयद्वारा कुकुर पूजा सम्पन्न
- गाउँ सहर संवाददाता
- १७ कार्तिक बुधबार, २०७८ | २१:११:०० मा प्रकाशित
पोखरा । यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर पूजाको अवसरमा नेपाल प्रहरीको अनुसन्धान प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने साथै अपराध अनुसन्धानको सारथीका रुपमा रहेका तालिम प्राप्त कुकुरहरुको आज विधिवत पूजा गरिएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनी समेतको उपस्थिति रहेको पूजा कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेको केनाइन शाखामा रहेका कुकुरहरुको पूजा गरी मिठा मिठा परिकारहरु समेत खुवाइएको छ ।
कुकुर एक कुशल आज्ञापालक एवं रक्षक साथै विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने र अध्ययन–अनुसन्धान गर्ने कार्यमा समेत अहम भूमिका निर्वाह गर्ने जनावर हो ।
कुकुर शाखाका ईन्चार्ज प्रहरी नायव निरीक्षक विक्रम कुमार थापाले कुकुरहरुलाई पूजा गरी माला पहिराई मिठा खाने कुराहरु प्रदान गरे । गण्डकी प्रदेश प्रहरी कार्यालय केनाईन शाखामा हाल ०७ वटा विभिन्न विधामा तालिम प्राप्त कुकुरहरु सेवारत रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस