वातावरण

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एकदुई स्थानहरुमा हल्का हिमपात

काठमाडाैँ । आज २०७८ कार्तिक १७ गते (बुधबार) दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । कर्णाली प्रदेश, र सुदुरपश्चिम प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जल तथा माैसम विभागले जनाएकाे छ ।

यस्तै राति देशको पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भागमा सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका  एक वा दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता