कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, ४६९ जना संक्रमित थपिए, सबैभन्दा बढी यी जिल्लामा
- गाउँ सहर संवाददाता
- १६ कार्तिक मंगलबार, २०७८ | १६:११:०० मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,११५ पीसीआर परीक्षणमा ४२२ र ३,१७२ एन्टिजेन परीक्षणमा ४७ जना गरी ४६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ५५५ रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ९,१७४ रहेको छ ।
मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ८ हजार १०७ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ४२७ पुगेको छ भने ७ लाख ९२ हजार ८३२ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार १७४ जना रहेका छन् । जसमध्ये ८ हजार ४६८ जना होम आइसोलेसनमा रहेका छन् भने ७०६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २४१ जना आईसीयू र ७४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका १३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २२ जना कोरोना संक्रमित थपिएका छन् ।
यी हुन् संक्रमित धेरै भएका जिल्ला
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ९९, ललितपुरमा ३६, कास्कीमा ३३, झापामा ३०, रुपन्देहीमा २९, चितवनमा २७, मोरङमा २५, सुनसरीमा २२ र नुवाकोटमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस