प्रभावित न्यायसेवा : प्रधानन्यायाधीशको राजीनामा माग्दै विरोध, दर्जनौँ मुद्दाको सुनुवाइ राेकियाे
- गाउँ सहर संवाददाता
- १६ कार्तिक मंगलबार, २०७८ | ११:०१:०० मा प्रकाशित

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै कानून व्यवसायीहरुले तेस्रो दिनको विरोध कार्यक्रम शुरु गरेका छन् ।
प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन दिएको पाँचदिने समयसीमाको आज अन्तिम दिन पनि नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालत परिसरमा धर्ना दिएका छन् ।
प्रधानन्यायाधीश–न्यायाधीशको विवादले लगातार न्यायसेवा प्रभावित भएको छ । प्रधानन्यायाधीश राणाले मंगलबारका लागि पनि बन्दीप्रत्यक्षीकरण निवेदनको मात्रै पेशी तोकेका छन् ।
मंगलबारका लागि तोकिएको पेशी अनुसार प्रधानन्यायाधीश राणाले आफ्ना लागि इजलास गठन गरेका छैनन् । सोमबारदेखि सर्वोच्च अदालतमा समानधानको मध्यमार्गी बाटो भन्दै बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाको सुनुवाइका लागि पेशी तोकिएको छैन ।
प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उनको राजीनामा माग्दै कात्तिक १४ गतेदेखि एक घण्टा धर्ना दिंदै आएको छ । आज सम्म पनि राजीनामा नआए विरोधका थप कार्यक्रम घोषणा गर्ने निर्णय नेपाल बार एशोसिएसनले गरेको छ ।
प्रधानन्यायाधीश जबराले भने कसैले माग्दै राजीनामा नदिने अडान राख्दै आएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस