राजनीति
प्रदेश १ काे मुख्यमन्त्रीमा दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान
- गाउँ सहर संवाददाता
- १५ कार्तिक सोमबार, २०७८ | १६:१४:०० मा प्रकाशित
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मंगलबार १ बजेभित्र नयाँ सरकार गठनको दाबी पेश गर्न दलहरूलाई आह्वान गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी विमल पौडेलले दिएको जानकारीअनुसार आचार्यको राजीनामा स्वीकृत गरेलगत्तै प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।
प्रदेश-१ मा यसअघि विपक्षी गठबन्धनमा रहेका दलको स्पष्ट बहुमत छ। उनीहरूले नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने तयारी गरेका छन् ।
मुख्यमन्त्रीमा राईको दाबी गर्न यसअघि नै उनीहरूले सांसदको हस्ताक्षर संकलन गरिसकेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस