साताभरि नै नेप्से बढ्याे, ११ अर्ब ८४ करोड ६४ लाख ५७ हजारको काराेबार
- गाउँ सहर संवाददाता
- १३ कार्तिक शनिबार, २०७८ | १३:२३:०० मा प्रकाशित

काठमाडौँ । यो साता पाँच कारोबारकाे सबै दिन नेप्से बढेकाे छ । साताकाे अन्तिम दिन २ हजार ७८२ दशमलव ११ विन्दुमा पुगेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ५५६ दशमलव ९६ विन्दुमा रहेको बजार यो साता २२५ दशमलव १५ विन्दु माथि उक्लिएको हो ।
३ हजार २०० विन्दु पार गरिसकेको नेपालको धितोपत्र बजार पछिल्लो समय नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा भएको शेयर धितोकर्जाको सीमा रू. १२ करोडमा सीमित गरिदिँदा प्रभावित बनेको थियो ।
साताको पहिलो कारोबार दिन २७ दशमलव ६६ अंकले दोस्रो दिन ८७ दशमलव ६३ अंकले, तेस्रो दिन ७८ दशमलव ८२ अंकले, चौथो दिन १८ दशमलव शून्य ६ अंकले र पाँचौ दिन १२ दशमलव ९८ अंकले बजार बढेको हो ।
यो साता समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि ३७ दशमलव ६० अंकले बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४८३ दशमलव ४० विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५२१ विन्दुमा पुगेको हो ।
पाँच कारोबार दिन नै बढेको बजारबाट लगानीकर्ताको सम्पत्तिको मूल्य पनि रू. ३ खर्ब १५ अर्ब १४ करोडभन्दा बढीले वृद्धि भएको छ । गत साताको अन्तिम कारोबार दिन रू. ३५ खर्ब ७९ अर्ब ७८ करोडभन्दा बढी रहेको कुल बजारपूँजीकरण यो साता रू. ३८ खर्ब ९४ अर्ब ९२ करोडभन्दा बढी कायम भएको हो ।
गत साताभन्दा यो साता कारोबार रकम र कित्तामा पनि वृद्धि भएको छ । गत साता रू. १३ अर्ब ५६ करोड २१ लाख १६ हजार बराबरको ३ करोड ५३ लाख २० हजार ९९ कित्ता शेयर कारोबार भएकोमा यो साता रू. २५ अर्ब ४० करोड ८५ लाख ७४ हजार बराबरको ४ करोड ६५ लाख २८ हजार ८६० कित्ता शेयर काराबोर भएको हो ।
गत साताभन्दा यो साता रू. ११ अर्ब ८४ करोड ६४ लाख ५७ हजार बराबरको १ करोड १२ लाख ८ हजार ७६१ कित्ता बढी शेयर कारोबार भएको हो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
- कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
- लाओसबिरूद्ध नेपालकाे ९ गाेल, साम्बाकाे मात्रै ५ गाेल
- २६ अंकले बढेको नेप्सेका कति भयाे कारोबार
- निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- रास्वपा र राप्रपाद्वारा आज पनि सदन बहिष्कार
- विशाल रन लक्ष्य दिएकाे नेपालले इन्डोनेसियालाई ५० रनमै अलआउट
प्रतिकृया दिनुहोस