साताभरि नै नेप्से बढ्याे, ११ अर्ब ८४ करोड ६४ लाख ५७ हजारको काराेबार
- गाउँ सहर संवाददाता
- १३ कार्तिक शनिबार, २०७८ | १३:२३:०० मा प्रकाशित
काठमाडौँ । यो साता पाँच कारोबारकाे सबै दिन नेप्से बढेकाे छ । साताकाे अन्तिम दिन २ हजार ७८२ दशमलव ११ विन्दुमा पुगेको छ । गत साताको अन्तिम कारोबार दिन २ हजार ५५६ दशमलव ९६ विन्दुमा रहेको बजार यो साता २२५ दशमलव १५ विन्दु माथि उक्लिएको हो ।
३ हजार २०० विन्दु पार गरिसकेको नेपालको धितोपत्र बजार पछिल्लो समय नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा भएको शेयर धितोकर्जाको सीमा रू. १२ करोडमा सीमित गरिदिँदा प्रभावित बनेको थियो ।
साताको पहिलो कारोबार दिन २७ दशमलव ६६ अंकले दोस्रो दिन ८७ दशमलव ६३ अंकले, तेस्रो दिन ७८ दशमलव ८२ अंकले, चौथो दिन १८ दशमलव शून्य ६ अंकले र पाँचौ दिन १२ दशमलव ९८ अंकले बजार बढेको हो ।
यो साता समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि ३७ दशमलव ६० अंकले बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४८३ दशमलव ४० विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ५२१ विन्दुमा पुगेको हो ।
पाँच कारोबार दिन नै बढेको बजारबाट लगानीकर्ताको सम्पत्तिको मूल्य पनि रू. ३ खर्ब १५ अर्ब १४ करोडभन्दा बढीले वृद्धि भएको छ । गत साताको अन्तिम कारोबार दिन रू. ३५ खर्ब ७९ अर्ब ७८ करोडभन्दा बढी रहेको कुल बजारपूँजीकरण यो साता रू. ३८ खर्ब ९४ अर्ब ९२ करोडभन्दा बढी कायम भएको हो ।
गत साताभन्दा यो साता कारोबार रकम र कित्तामा पनि वृद्धि भएको छ । गत साता रू. १३ अर्ब ५६ करोड २१ लाख १६ हजार बराबरको ३ करोड ५३ लाख २० हजार ९९ कित्ता शेयर कारोबार भएकोमा यो साता रू. २५ अर्ब ४० करोड ८५ लाख ७४ हजार बराबरको ४ करोड ६५ लाख २८ हजार ८६० कित्ता शेयर काराबोर भएको हो ।
गत साताभन्दा यो साता रू. ११ अर्ब ८४ करोड ६४ लाख ५७ हजार बराबरको १ करोड १२ लाख ८ हजार ७६१ कित्ता बढी शेयर कारोबार भएको हो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- शेयरबजार सामान्य अंकले बढ्याे, ३ अर्ब ७२ करोडको कारोबार
- दशौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ गतेसम्म हुने
- कांग्रेस पूर्वप्रधानमन्त्री देउवाकाे भव्य स्वागत, पार्टी एकताका लागि गरे यस्ताे अपिल
- राष्ट्रिय क्रिकेट टिमको कप्तानीकाे जिम्मेवारी फेरि सन्दीप लामिछानेकाे काँधमा
- एनपीएल तेस्राे संस्करणः कात्तिक ९ देखि सुरु हुने
- चार निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा
- जन्मकै आधारमा नागरिकता नदिने कार्यकारी आदेश ट्रम्पले फेरि जारी गरे
- कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
- सरकारी नयाँ तलबमान, कसले कति पाउँछन् ?
- होटल तथा रेस्टुरेन्टमा धुम्रपान गर्ने छुट्टै स्थान बनाउन निर्देशन
प्रतिकृया दिनुहोस