स्वास्थ्य

नेपालमा काेराेना संक्रमण दर १८.५ प्रतिशत, थप ६ जनाले ज्यान गुमाए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसबाट ६ जनाले ज्यान गुमाएका छन् । योसहित कुल ज्यान गुमाउनेको संख्या ११ हजार ३८८ पुगेको छ ।

यस्तै परीक्षण गरिएका ९ हजार ७४६ मध्ये ५४९ जना नयाँ पहिचान भएका छन् । तर ५६९ जनाले रोग जितेका छन् ।

मन्त्रालयका अनुसार देशमा अब १० हजार १५१ सक्रिय संक्रमित रहेका छन् ।

आजसम्म कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ६९ लाख ८४ हजार १५७ पुगेका छन् भने आजैमात्र १ लाख २५ हजार ५२७ ले खोप लगाएका छन् ।

मन्त्रालयका अनुसार अब ४ जिल्लामा ५०० बढी संक्रमित रहेका छन् । यस्तै २०० बढी संक्रमित हुने जिल्लाहरु ९ छन भने सक्रिय संक्रमित नहुने जिल्ला मुगु रहको छ ।

मन्त्रालयका अनुसा संक्रमण दर १८.५ प्रतिशत रहेको छ ।

गाउँ सहर संवाददाता