काठमाडौं उपत्यकामा थपिए १९९ कोरोना संक्रमित, कति छन् काठमाडाैं उपत्यकामा संक्रमित ?
- गाउँ सहर संवाददाता
- ११ कार्तिक बिहीबार, २०७८ | १६:३४:०० मा प्रकाशित
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९९ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा १५७, भक्तपुरमा १२ र ललितपुरमा ३० जना संक्रमित थपिएका हुन् ।
योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजर ३८२ पुगेको छ ।
आज देशभर ९ हजार ४१४ जना होम आइसोलेसनमा, ८२२ जना संस्थागत आइसोलेसनमा, २४८ जना आईसीयू तथा ८१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ५९१ जना कोभिड संक्रमित थपिएका छन् । ११ हजार ३५५ वटा नमुनाको परीक्षण गर्दा ५९१ जनामा संक्रमण पुष्ट भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ३८२ पुगेकोे छ ।
त्यस्तै आज ५९१ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १० हजार २३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस