काठमाडौं उपत्यकामा थपिए १९९ कोरोना संक्रमित, कति छन् काठमाडाैं उपत्यकामा संक्रमित ?
- गाउँ सहर संवाददाता
- ११ कार्तिक बिहीबार, २०७८ | १६:३४:०० मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १९९ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा १५७, भक्तपुरमा १२ र ललितपुरमा ३० जना संक्रमित थपिएका हुन् ।
योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या २ हजर ३८२ पुगेको छ ।
आज देशभर ९ हजार ४१४ जना होम आइसोलेसनमा, ८२२ जना संस्थागत आइसोलेसनमा, २४८ जना आईसीयू तथा ८१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ५९१ जना कोभिड संक्रमित थपिएका छन् । ११ हजार ३५५ वटा नमुनाको परीक्षण गर्दा ५९१ जनामा संक्रमण पुष्ट भएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ३८२ पुगेकोे छ ।
त्यस्तै आज ५९१ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १० हजार २३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस