अर्थतन्त्र

सुनको मूल्य ताेलामा चार सयले बढ्याे

काठमाडौं । सुनको मूल्य बिहीबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर ९२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य ९२ हजार रुपैयाँ थियो ।

यस्तै तेजाबी सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर ९१ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको मूल्य तोलाको ९१ हजार पाँच सय रुपैयाँ थियो ।

चाँदीको मूल्य भने स्थिर छ। बिहीबार चाँदी तोलामा १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

गाउँ सहर संवाददाता