सप्तरीमा सवारीसाधनकाे ठक्करबाट पैदल यात्रु र हरिणको मृत्यु
- गाउँ सहर संवाददाता
- १० कार्तिक बुधबार, २०७८ | १२:२४:०० मा प्रकाशित
जनकपुरधाम । बसको ठक्करबाट सप्तरीमा एकजना पैदल यात्रुको मृत्यु भएको छ। गएराति करिब साढे ११ बजे जिल्लाको खडक नगरपालिका– ७ कल्याणपुर चोकस्थित पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट सोही स्थानका करिब ४५ वर्षीया ठण्डेश्वरी भगतको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१ख ७७८४ नम्बरको बसले पैदलयात्री ठण्डेश्वरी भगतलाई ठक्कर दिएको जानकारी दिए। ठक्करपछि उपचारको लागि युनिक अस्पताल रुपनी पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको उनले बताए।
शवलाई पोस्टमार्टको लागि गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजमा पठाइएको छ। बस चालक मोरङको धनपालथान गाउँपालिका– ३ का ३२ वर्षीय विनोद राजवंशीलाई नियन्त्रणमा लिइएको प्रवक्ता काफ्लेले जानकारी दिए।
त्यसैगरि, गाडीको ठक्करबाट शम्भुनाथ नगरपालिका– ६ कठौना चोकस्थित पूर्व–पश्चिम राजमार्गमा गाडीको ठक्करबाट वयस्क हरिणको मृत्यु भएको हो।
प्रहरीले कानुनी प्रक्रिया पु¥याएर मृत फेला हरिणलाई इलाका वन कार्यालय रुपनी सप्तरीको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस