काठमाडौंमा मंगलबारदेखि एस्ट्राजेनेकाको दोस्रो डोज खोप लगाइने
- गाउँ सहर संवाददाता
- ८ कार्तिक सोमबार, २०७८ | १५:५५:०० मा प्रकाशित

काठमाडौं । काठमाडौंका ८ वटा स्थानीय तहमा कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो डोज कात्तिक ९ गतेदेखि लगाइने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले सोमबार एक सूचना जारी गर्दै काठमाडौंका ८ वटा स्थानीय तहमा १८ वर्षमाथि उमेर समूहका पहिलो डोज एस्ट्राजेनेका खोप पाएकालाई दोस्रो डोज लगाइने जनाएको छ ।
उक्त सूचना अनुसार काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिकामा एस्टाजेनेकाको दोस्रो डोज लगाइने छ ।
स्वास्थ्य कार्यालयका अनुसार काठमाडौं महानगरपालिकाको हकमा पाँच वटा अस्पतालबाट पनि एस्ट्राजेनेकाको दोस्रो डोज लगाउन पाइने छ ।
महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, रत्नपार्कस्थित वीर अस्पताल, थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल र बानेश्वस्थित निजामती कर्मचारी अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछ । यी अस्पतालहरुमा दुई दिन खोप कार्यक्रम सञ्चालन हुनेछन् भने स्थानीय तहका खोप केन्द्रमा तीन दिन सञ्चालन हुनेछन् ।
काठमाडौं महानगरपालिकाको हकमा कात्तिक १० गतेदेखि सबै वडामा खोप केन्द्र सञ्चालन हुने र आवश्यकताको आधारमा खोप लगाउने अवधि पनि थप गर्न सक्ने छ ।
खोप लगाउन आउने व्यक्तिले पहिलो डोज खोप लगाएको खोप कार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहित आउन पनि स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।
स्वास्थ्य कार्यालय काठमाडौंले १८ वर्षमाथिका समूहलाई एस्ट्राजेनेकाको पहिलो डोज लगाएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस