पूर्वाधार

तपाईँकाे बालबालिकालाई काेराेनाविरूद्ध खाेप लगाउन छुट्याे की ?

  • २२ असार बुधबार, २०७९ | ०८:२५:०० मा प्रकाशित

काठमाडौं । तपाइँकाे बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन छुट्याे की ?

सरकारले कोरोनाविरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन आग्रह गरेको छ ।

सरकारले ५ वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई यही असार ९ देखि कोभिड–१९ विरुद्धको खोप दिन सुरु गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन छुटेका बालबालिकालाई लगाउन आग्रह गरेको हो । 

“पहिलो चरणअन्तर्गत २७ जिल्लामा यो खोप कार्यक्रम सुरु भए पनि कतिपय पालिकाले खोपको उपलब्धता र सहजताका आधारमा खोप दिइरहेका छन्,” मन्त्रालयले भनेको छ, “नजिकैको विद्यालय वा स्वास्थ्य संस्थामा सम्पर्क राखेर आफ्ना बालबालिकालाई खोप लगाउन अनुरोध छ ।” 

५ वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई सरकारले फाइजर खोप दिएको हो । 

तपाईँको मत