स्वास्थ्य

देशभर ६२ जना कोभिड–१९ संक्रमित थपिए

 

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६२ जना कोभिड–१९ संक्रमित थपिएका छन् । एक हजार ६२० वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४५ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा ३९ र ललितपुरमा ६ जना संक्रमित देखिएका हुन् ।

यो अवधिमा १९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २६१ छ ।

यो अवधिमा एक लाख ८४ हजार ५४५ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जनाएको छ ।

गाउँ सहर संवाददाता