वातावरण

सबै प्रदेशका थोरैथोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा

काठमाडौँ । आज २०७८ कार्तिक ०७ गते आइतबार, जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ ।

सबै प्रदेशका थोरैथोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै राति देशभर आंशिक देखि सामान्य बदली रहने छ । बागमती र प्रदेश नं १ का थोरै स्थानहरुमा तथा बाँकी  प्रदेशहरुका एक वा दुई स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता