स्वास्थ्य

कोरोनाभाइरस जित्ने ७ लाख ८५ हजार माथि, सक्रिय संक्रमित १० हजार ९४६

काठमाडौँ । कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ११ हजार ३३७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३७६ जनाको परीक्षण गर्दा नयाँ ७०८ संक्रमित थपिएका छन् । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुने ९३२ छन् । योसहित कुल निको हुनेको संख्या ७ लाख ८५ हजार ८१३ पुगेको छ ।

देशमा सक्रिय संक्रमितको संख्या ११ हजार ३३७ छ ।

पूर्ण खोप लगाउनेको संख्या ६५ लाख माथि छ । पछिल्लो दिन ५८ हजार ८५३ जनाले खोप लगाएका छन् ।

मन्त्रालयका अनुसार संक्रमण दर १८.५ प्रतिशत रहेको छ ।

अहिले ५०० मुनि १४ र ५०० बढी संक्रमित हुने जिल्ला ४ रहेका छन् । मुगु र मुस्ताङ शुन्य संक्रमित जिल्ला भएका छन् ।

गाउँ सहर संवाददाता