वातावरण

बुधबार रातिकाे माैसम यस्ताे छ

झापा । अहिले २०७८ कार्तिक ०३ गते (बुधवार), जल तथा माैसम विज्ञान विभागका अनुसार प्रदेश १, प्रदेश २ र बागमती प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रहने छ ।

प्रदेश १ र प्रदेश नं २ का थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

देशका मध्य र पूर्वी उच्च पहाडी तथा हिमाली भूभागहरुका हल्का हिमपातको समेत सम्भावना छ । प्रदेश १ को एक दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता