प्रदेश १ तथा गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षा, सचेत हुन अनुराेध
- गाउँ सहर संवाददाता
- ३ कार्तिक बुधबार, २०७८ | ००:०१:०० मा प्रकाशित
काठमाडौँ । आज २०७८ कार्तिक ०४ गते बिहिवार, जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो प्रदेश नं १, प्रदेश न २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा साथै बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै राति प्रदेश नं १, प्रदेश न २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली रहने छ । प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
लगातारको वर्षाले देशका अधिकांस स्थानमा ठूलो क्षति गरेको छ भने जनजीवन असामान्य बनाएको छ । सरकारले राहतमा कुनै कमी नगर्न निर्देशन दिएकाे छ ।
जल तथा मौसम विभागकाे २४ घण्टे निर्देशनानुसार देशभर सामान्य देखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागहरुका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना छ ।
प्रदेश १, प्रदेश २, लुम्बिनी तथा गण्डकी प्रदेशका केही स्थानहरू, बागमती प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन चट्याङ्ग भारी वर्षाको समेत सम्भावना रहेको छ ।
प्रदेश १ तथा गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस