विश्वमा कोरोनाभाइरसका गम्भीर बिरामी ७९ हजार ५२२, परीक्षण नहुँदा नेपालको अवस्था सुध्रिएको देखियो
- गाउँ सहर संवाददाता
- ३० असोज शनिबार, २०७८ | ०७:५५:०० मा प्रकाशित

काठमाडौँ । विश्वमा कोरोनाले २४ करोड ४ लाख बढी संक्रमित हुँदा रोग जित्ने २१ करोड ८० लाख माथि पुगेको छ । तर ४९ लाख ४ हजार ६५० जनाले भने ज्यान गुमाएका छन् ।
इन्फोका अनुसार सक्रिय संक्रमितमध्ये ७९ हजार ५२२ को अवस्था एकदमै गम्भीर छ । जुन ०.५४ प्रतिशत हो ।
यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर थप ५४९ जनाको मृत्यु भएको छ । २० हजार ३९३ नयाँ सक्रमित थपिएका छन् भने १९ हजार ५५२ निको भएका छन् ।
यता नेपालमा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ११ हजार २७७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको परीक्षण गर्दा नयाँ २७२ संक्रमित थपिएका छन् । यो सहित कुल संक्रमित पिसिआरबाट ८ लाख ४ हजार ५१६ र एन्टिजेनबाट ९३ हजार ३४५ पुगेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुने ७७७ छन् । जुन ९६.९ प्रतिशत हो । योसहित कुल निको हुनेको संख्या ७ लाख ७९ हजार ९३१ पुगेको छ ।
अहिले ३०७ संक्रमित आइसियू र १०१ को भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभर होम आइसोलेशनमा हुनेको संख्या १२ हजार २५० र १ हजार ५८ जना संस्थागत आइसोलेशनमा छन् । यसमा २३१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले बताएको छ ।
देशमा सक्रिय संक्रमितको संख्या १३ हजार ३०८ छ । पूर्ण खोप लगाउनेको संख्या ६४ लाख ६९ हजार १५९ पुगेको छ । पछिल्लो दिन कसैले खोप लगाएका छैनन् ।
मन्त्रालयका अनुसार संक्रमण दर १८.७ प्रतिशत र मृत्यु प्रति दशलाखमा ३८०.१ रहेको छ । अहिले ५ जिल्लामा ५०० बढी संक्रमण र १८ जिल्लामा २०० बढी संक्रमित रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
- प्रतिनिधिसभामा रास्वपा र राप्रपाको विरोधबीच संसद सुचार (LIVE)
- डाक्टरहरूको आन्दोलनले बिरामीले उपचार पाएनन्
- महानगरकाे बजेट समयमा नआएकाेबारे उपप्रमुख डंगाेलकाे यस्ताे प्रष्टिकरण
- त्रिवि क्रिकेट मैदानमा कुर्सी राख्न थालियो
प्रतिकृया दिनुहोस