वातावरण

टीकाकाे दिन यस्ताे छ माैसम

काठमाडाैँ । आज दशैंकाे टीकाकाे दिन, २०७८ आश्विन २९ गते (शुक्रबार), जल तथा माैसम विज्ञान विभागका अनुसार दिउँसो देशको प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश तथा बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १ र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशको प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश तथा बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र बागमती  प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता