प्रथम सिद्धिकाली कपको उपाधि सारडाँडा युवा क्लब भिमादलाई
- गाउँ सहर संवाददाता
- २८ असोज बिहीबार, २०७८ | २१:२१:०० मा प्रकाशित

पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १ र २ को सुन्दरी गाउँ तथा ज्यामिरबोट स्थित आँखेताल तथा सिद्धिकाली मन्दिरको प्रवर्द्धनको लक्ष्यका साथ आयोजित प्रथम सिद्धिकाली कप–२०७८ भलिवल प्रतियोगिताको उपाधि सारडाँडा युथ क्लब भिमादले जितेको छ ।
विभिन्न ३० टिमको सहभागिता रहेको प्रतियोगितामा चण्डी देउराली युथ क्लब, चण्डीमैदान दोस्रो बन्यो भने मनकामना युथ क्लबले तृतीय स्थान प्राप्त ग-यो ।
प्रतियोगिताको उपाधि विजेता सारडाँडा युथ क्लबले ५० हजार रुपैयाँ नगद पुरस्कार सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग-यो भने द्वितीय चण्डी देउराली युथ क्लबले २५ हजार रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र प्राप्त ग-यो । त्यस्तै प्रतियोगिताको तृतीय स्थान प्राप्त गर्ने मनकामना युथ क्लबलाई १५ हजार रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगिताका विजयीलाई शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख सविता रसाइलीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको कार्यक्रममा आँखेताल संरक्षण तथा सिद्धिकाली मन्दिरका अध्यक्ष दीपेन्द्र भण्डारी, खेल संंयोजक मानबहादुर आले, शुक्लागण्डकी नगरपालिका वडा नं २ का वडा अध्यक्ष जगतबहादुर गुरुङ, सुमन राना, खेम कुमाल, विष्णुहरि पन्थी, तीर्थराज खनाल, सञ्जय ढकाल लगायतले खेलकुदका माध्यमबाट सिद्धिकाली मन्दिर एवम् आँखेतालको प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस