प्रथम सिद्धिकाली कपको उपाधि सारडाँडा युवा क्लब भिमादलाई
- गाउँ सहर संवाददाता
- २८ असोज बिहीबार, २०७८ | २१:२१:०० मा प्रकाशित
पोखरा । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं १ र २ को सुन्दरी गाउँ तथा ज्यामिरबोट स्थित आँखेताल तथा सिद्धिकाली मन्दिरको प्रवर्द्धनको लक्ष्यका साथ आयोजित प्रथम सिद्धिकाली कप–२०७८ भलिवल प्रतियोगिताको उपाधि सारडाँडा युथ क्लब भिमादले जितेको छ ।
विभिन्न ३० टिमको सहभागिता रहेको प्रतियोगितामा चण्डी देउराली युथ क्लब, चण्डीमैदान दोस्रो बन्यो भने मनकामना युथ क्लबले तृतीय स्थान प्राप्त ग-यो ।
प्रतियोगिताको उपाधि विजेता सारडाँडा युथ क्लबले ५० हजार रुपैयाँ नगद पुरस्कार सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग-यो भने द्वितीय चण्डी देउराली युथ क्लबले २५ हजार रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र प्राप्त ग-यो । त्यस्तै प्रतियोगिताको तृतीय स्थान प्राप्त गर्ने मनकामना युथ क्लबलाई १५ हजार रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगिताका विजयीलाई शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख सविता रसाइलीले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेको कार्यक्रममा आँखेताल संरक्षण तथा सिद्धिकाली मन्दिरका अध्यक्ष दीपेन्द्र भण्डारी, खेल संंयोजक मानबहादुर आले, शुक्लागण्डकी नगरपालिका वडा नं २ का वडा अध्यक्ष जगतबहादुर गुरुङ, सुमन राना, खेम कुमाल, विष्णुहरि पन्थी, तीर्थराज खनाल, सञ्जय ढकाल लगायतले खेलकुदका माध्यमबाट सिद्धिकाली मन्दिर एवम् आँखेतालको प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- चीनतर्फका दुवै नाका बन्द
- भोटेकोशी बाढी प्रभावित क्षेत्रका नागरिकको पुनःस्थापनाका लागि सरकारद्वारा कार्यदल गठन
- विधानको गरिमा जोगाउन तदर्थ समितिको माग: मुद्रण महासङ्घभित्रको वैधानिक सङ्कट र निकासको बाटो
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
प्रतिकृया दिनुहोस