कोरोनाले २३ करोड ९४ लाख बढी संक्रमित, रोग जित्ने २१ करोड ६७ लाख माथि
- गाउँ सहर संवाददाता
- २७ असोज बुधबार, २०७८ | ०६:४०:०० मा प्रकाशित
काठमाडौँ । विश्वमा कोरोनाले २३ करोड ९४ लाख बढी संक्रमित, रोग जित्ने २१ करोड ६७ लाख माथि पुगेको छ । तर ४८ लाख ८० हजार ५५२ जनाले भने ज्यान गुमाएका छन् ।
इन्फोका अनुसार सक्रिय संक्रमितमध्ये ८१ हजार ३७३ को अवस्था एकदमै गम्भीर छ । जुन ०.५ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा विश्वभर थप ६ हजार ५८३ जनाको मृत्यु भएको छ । ३ लाख ७५ हजार ६४९ नयाँ सक्रमित थपिएका छन् भने ४ लाख ३१ हजार ५५४ निको भएका छन् ।
.png)
यता नेपालमा कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ११ हजार २५७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६१९ जनाको परीक्षण गर्दा नयाँ ७९२ संक्रमित थपिएका छन् । यो सहित कुल संक्रमित पिसिआरबाट ८ लाख ३ हजार ५५२ र एन्टिजेनबाट ९३ हजार २१७ पुगेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुने ९१० छन् । जुन ९६.८ प्रतिशत हो । योसहित कुल निको हुनेको संख्या ७ लाख ७७ हजार ७४१ पुगेको छ ।
अहिले ३०६ संक्रमित आइसियू र १०२ को भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभर होम आइसोलेशनमा हुनेको संख्या १३ हजार ४५९ र १ हजार ९५ जना संस्थागत आइसोलेशनमा छन् । यसमा २३१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले बताएको छ ।

देशमा सक्रिय संक्रमितको संख्या १४ हजार ५५४ छ ।
पूर्ण खोप लगाउनेको संख्या ६४ लाख ६८ हजार ७७५ पुगेको छ । पछिल्लो समय १ लाख २७ हजार ५३२ जनाले खोप लगाएका छन् ।
मन्त्रालयका अनुसार संक्रमण दर १८.७ प्रतिशत र मृत्यु प्रति दशलाखमा ३७८.४ रहेको छ । अहिले ८ जिल्लामा ५०० बढी संक्रमण र १७ जिल्लामा २०० बढी संक्रमित रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ओमानमाथि नेपालको रोमाञ्चक जित, लिग–२ छैटौँ स्थानमा टुंग्यायो
- कोप–३१ मा जलवायु न्याय र हिमाली संरक्षणलाई प्राथमिकता दिँदै नेपाल
- नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य, रोहित, दीपेन्द्र र देवको अर्धशतक
- एनटी फाइबरको विशेष अफरप्रति ग्राहकको आकर्षण, जडानका लागि १९८ मा कल गर्न सकिने
- नेपाल टेलिकम एनपीएल सिजन–३ को अफिसियल टेलिकम पार्टनर
- तिथिको घटबढले दुई दिन महाअष्टमी, आज पनि दुर्गा भवानीको विशेष पूजा
- भावुक स्टाटसः “बेत्रावतीमा मर्नलाइ बेत्रावती मै बस्नुपर्छ”
- सुनकोसीमा सुमो खस्दा तीन महिलाको मृत्यु, तीन बेपत्ता
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
प्रतिकृया दिनुहोस