काेराेनाबाट ९६.८ प्रतिशत निकाे, ८ जिल्लामा ५०० र १७ मा २०० बढी संक्रमित
- गाउँ सहर संवाददाता
- २६ असोज मंगलबार, २०७८ | १७:०८:०० मा प्रकाशित
काठमाडौँ । कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ११ हजार २५७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६१९ जनाको परीक्षण गर्दा नयाँ ७९२ संक्रमित थपिएका छन् । यो सहित कुल संक्रमित पिसिआरबाट ८ लाख ३ हजार ५५२ र एन्टिजेनबाट ९३ हजार २१७ पुगेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुने ९१० छन् । जुन ९६.८ प्रतिशत हो । योसहित कुल निको हुनेको संख्या ७ लाख ७७ हजार ७४१ पुगेको छ ।
अहिले ३०६ संक्रमित आइसियू र १०२ को भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभर होम आइसोलेशनमा हुनेको संख्या १३ हजार ४५९ र १ हजार ९५ जना संस्थागत आइसोलेशनमा छन् । यसमा २३१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले बताएको छ ।
देशमा सक्रिय संक्रमितको संख्या १४ हजार ५५४ छ ।
पूर्ण खोप लगाउनेको संख्या ६४ लाख ६८ हजार ७७५ पुगेको छ । पछिल्लो समय १ लाख २७ हजार ५३२ जनाले खोप लगाएका छन् ।
मन्त्रालयका अनुसार संक्रमण दर १८.७ प्रतिशत र मृत्यु प्रति दशलाखमा ३७८.४ रहेको छ ।
अहिले ८ जिल्लामा ५०० बढी संक्रमण र १७ जिल्लामा २०० बढी संक्रमित रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस