यस वर्ष अलैँची ४५ हजार रुपैयाँमा किनबेच
- गाउँ सहर संवाददाता
- २५ असोज सोमबार, २०७८ | १३:२३:०० मा प्रकाशित

इलाम । कोरोना महामारीका कारण गत वर्ष नेपाली अलैँची भारत हुँदै तेस्रो मुलुक निर्यात हुन सकेको थिएन । तर यस पटक भने दशै शुरु भएसँगै अलैंचीको मूल्य निरन्तर उकालो लागेको छ ।
गत वर्ष अलैंचीको खपत हुने देशहरू कोरोना महामारीले प्रभावित हुँदा त्यसको असर नेपाली अलैंचीमा परेको थियो । तर यस वर्ष पनि गत वर्ष जस्तै मूल्य नपाइने डरले धेरै कृषकले यसअघि नै अलैची बिक्री गरिसकेका भएपनि मुल्य भने निरन्तर उकालो लागिरहेको छ ।
गत वर्ष घटेर अलैँचीको मूल्य २० हजार रुपैयाँ प्रतिमन पुगेपनि यस वर्ष ४५ हजार रुपैयाँमा किनबेच भइरहेको छ । अलैँचीको मूल्य राम्रो पाएपछि कृषकसमेत खुशी भएका छन् ।
नेपालमा उत्पादित अलैंचीको मूख्य बजार भारत हो । तर नेपाल र भारत दुवै देशमा अलैंचीको उत्पादन बढेपछि यसको मूल्यमा गिरावट आउने क्रम बढेको ब्यापारीको भनाइ छ ।
गत वर्ष इलाममा अलैचीमा ढुसीजन्य रोग, डढुवा र प्रतिकुल मौसमका कारण अलैची उत्पादन कम भए पनि अहिले क्रमिक सुधार भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
इलाममा गएको वर्ष १६ सय हेक्टर जग्गामा ५ लाख ७६ हजार मेट्रिक टन अलैँची उत्पादन भएको सरकारी तथ्याङ्क छ । जिल्लामा अहिले रामसाई, गोलसाई, डम्बरसाई, जिर्मले र भार्लाङ्गे जातका अलैैँची खेती हुँदै आएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
प्रतिकृया दिनुहोस