यस वर्ष अलैँची ४५ हजार रुपैयाँमा किनबेच
- गाउँ सहर संवाददाता
- २५ असोज सोमबार, २०७८ | १३:२३:०० मा प्रकाशित
इलाम । कोरोना महामारीका कारण गत वर्ष नेपाली अलैँची भारत हुँदै तेस्रो मुलुक निर्यात हुन सकेको थिएन । तर यस पटक भने दशै शुरु भएसँगै अलैंचीको मूल्य निरन्तर उकालो लागेको छ ।
गत वर्ष अलैंचीको खपत हुने देशहरू कोरोना महामारीले प्रभावित हुँदा त्यसको असर नेपाली अलैंचीमा परेको थियो । तर यस वर्ष पनि गत वर्ष जस्तै मूल्य नपाइने डरले धेरै कृषकले यसअघि नै अलैची बिक्री गरिसकेका भएपनि मुल्य भने निरन्तर उकालो लागिरहेको छ ।
गत वर्ष घटेर अलैँचीको मूल्य २० हजार रुपैयाँ प्रतिमन पुगेपनि यस वर्ष ४५ हजार रुपैयाँमा किनबेच भइरहेको छ । अलैँचीको मूल्य राम्रो पाएपछि कृषकसमेत खुशी भएका छन् ।
नेपालमा उत्पादित अलैंचीको मूख्य बजार भारत हो । तर नेपाल र भारत दुवै देशमा अलैंचीको उत्पादन बढेपछि यसको मूल्यमा गिरावट आउने क्रम बढेको ब्यापारीको भनाइ छ ।
गत वर्ष इलाममा अलैचीमा ढुसीजन्य रोग, डढुवा र प्रतिकुल मौसमका कारण अलैची उत्पादन कम भए पनि अहिले क्रमिक सुधार भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
इलाममा गएको वर्ष १६ सय हेक्टर जग्गामा ५ लाख ७६ हजार मेट्रिक टन अलैँची उत्पादन भएको सरकारी तथ्याङ्क छ । जिल्लामा अहिले रामसाई, गोलसाई, डम्बरसाई, जिर्मले र भार्लाङ्गे जातका अलैैँची खेती हुँदै आएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँको महाअष्टमी : शक्ति आराधना, बलि परम्परा र पारिवारिक आस्थाको संगम
- ३० Mbps को एफटीटीएच प्याकेजबारे फैलिएको भ्रममा नपर्न नेपाल टेलिकमको आग्रह
- दक्षिण कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई पाँच हजार किलो चामल सहयोग
- गगन थापाले आज सभापतिको शपथ लिने
- चाडपर्वमा किसानलाई धान भित्र्याउने चटारो
- राष्ट्रपति पौडेलद्वारा दशैँको शुभकामना, बाढीपीडितको पुनःस्थापनामा जुट्न अपिल
- आज फूलपाती, दशैँको रौनक बढ्दै
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
प्रतिकृया दिनुहोस