पोखरा – २९ नौविसेमा टोल विकासको त्रिदिवसीय सरसफाई
- गाउँ सहर संवाददाता
- २५ असोज सोमबार, २०७८ | ०८:४५:०० मा प्रकाशित

पोखरा । पोखरा - २९ नौविसेमा त्रिदिवसीय सरसफाइ तथा चाडपर्व शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय नौविसे ओख्ले डाँडा टोल विकास संस्थाले आफ्नो वार्षिक कार्ययोजना अनुसार टोल सरसफाई गरेको र यसलाई आगामी समयमा मासिक रुपमा निरन्तरता दिने सचिव बिष्णुप्रसाद लामिछानेले बताएका छन् ।
उक्त टोल क्षेत्रमा जथाभावी फालिएका प्लाष्टिकजन्य वस्तुहरु संकलन गर्नुका साथै अन्य फोहोरजन्य वस्तुको वर्गीकरण गरी व्यवस्थापन गरिएकोअध्यक्ष प्रमोदकुमार पौडेलले बताए ।
कार्यक्रम सम्पन्न गर्न स्थानीय शान्ता पौडेल ,मेघनाथ मराशिनी र दिपक सापकोटा रहेको उपसमिति सक्रिय रहेको थियो ।कार्यक्रममा वडासदस्य,टोल समितिका पदाधिकारी, स्थानीय बासिन्दाले सहभागिता जनाएका थिए । कार्यक्रम सम्पन्न गर्न लागेको खर्च स्वतस्फूर्त रुपमा स्थानीयले नै जुटाएको सचिव लामिछानेले बताए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
प्रतिकृया दिनुहोस