वातावरण

आजबाट मनसुन बहिर्गमन

काठमाडाैँ । नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ भएता पनि यस वर्षको मनसुन औसत मिति भन्दा केही पछाडि सरेको छ ।

आज मिति २०७८/०६/२२ गते शुक्रबारका दिन यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभागबाट बहिर्गमन भएको विभागले जनाएकाे छ ।

उसका अनुसार आगामी केही दिनमा देशका बाँकी भूभागहरुबाट मनसुन बहिर्गमन हुने अनुमान गरिएको छ ।

गाउँ सहर संवाददाता