लामाको बहिर्गमनपछि बागमतीमा नयाँ सरकार गठनका लागि आह्वान, बानियाँको दाबी पेस
- गाउँ सहर संवाददाता
- १९ श्रावण सोमबार, २०८२ | १५:३६:०० मा प्रकाशित
काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएपछि बागमतीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाइएको हो ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सोमबार संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम लामाको राजीनामा स्वीकृत गरेका छन् ।
उनले संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।
आह्वानलगत्तै वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले दाबी पेस गरेका छन् । नेकपा (एमाले) संसदीय दलका नेताको समर्थनसहित बानियाँले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न साउन २० गते दिउँसो २ बजेभित्र दाबी पेस गर्न भनिएको छ ।
नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका लामाले आइतबार बेलुकी राजीनामाको घोषणा गरेका थिए । पार्टी संसदीय दलको नेतामा पराजित भएपछि उनी राजीनामा दिन बाध्य भएका हुन् ।
लामालाई राजीनामा दिएर नवनिर्वाचित दलका नेता इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बन्ने मार्ग खोलिदिन सभापति शेरबहादसर देउवाको निर्देशन दिएका दिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्रद्धालुको घुइँचो
- नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक, नयाँ एफटीटीएच जडानमा ५०० रुपैयाँ छुट
- कांग्रेसको नयाँ कार्यसमिति चुन्न आज मतदान
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
प्रतिकृया दिनुहोस