लामाको बहिर्गमनपछि बागमतीमा नयाँ सरकार गठनका लागि आह्वान, बानियाँको दाबी पेस
- गाउँ सहर संवाददाता
- १९ श्रावण सोमबार, २०८२ | १५:३६:०० मा प्रकाशित

काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएपछि बागमतीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढाइएको हो ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले सोमबार संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम लामाको राजीनामा स्वीकृत गरेका छन् ।
उनले संविधानको धारा १६८ को उपधारा (२) अनुसार नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।
आह्वानलगत्तै वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले दाबी पेस गरेका छन् । नेकपा (एमाले) संसदीय दलका नेताको समर्थनसहित बानियाँले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्त गर्न साउन २० गते दिउँसो २ बजेभित्र दाबी पेस गर्न भनिएको छ ।
नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका लामाले आइतबार बेलुकी राजीनामाको घोषणा गरेका थिए । पार्टी संसदीय दलको नेतामा पराजित भएपछि उनी राजीनामा दिन बाध्य भएका हुन् ।
लामालाई राजीनामा दिएर नवनिर्वाचित दलका नेता इन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बन्ने मार्ग खोलिदिन सभापति शेरबहादसर देउवाको निर्देशन दिएका दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रपतिको अपील : घोषित मितिमै निर्वाचन सम्पन्न गराउन सहयाेग गर्नुस्
- राष्ट्रसंघले भन्यो, नेपालको शान्ति र प्रगतिप्रति साथ छ
- नेपालमा नयाँ अन्तरिम सरकार गठनको भारतद्वारा स्वागत
- नयाँ प्रधानमन्त्री सुशीला कार्की, प्रतिनिधि सभा विघटन, फागुन २१ गते बिहीबार निर्वाचन
- भायानेटले इन्टरनेट र viaTV सेवा सामान्य स्तरमा फर्कायाे, भन्याे- ग्राहकहरूले देखाएको धैर्य, बुझाइ, र विश्वासका लागि धन्यवाद
- जेन्जी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको दाहसंस्कार गरियाे
- जेन जी आन्दोलनमा देशभर ५१ जनाको मृत्यु पुष्टी
- जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३६ पुग्याे
- हालसम्म १५६७ कैदीबन्दी र थुनुवा नियन्त्रणमा, अझै १२ हजार ५३३ जना फरार
- यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
प्रतिकृया दिनुहोस