गाउँ सहर

दशैंमा चोरी र दुर्घटना, कसरी सतर्क हुने ?

भक्तपुर । हामी नेपालीहरुको महान् चाड दशैं सुरु भइसकेको छ ।  दशैं संगसंगै सबैतिर उत्साह उमंग छाएको छ । उपत्यका पनि अरु बेला भन्दा केही सुनसान भइसकेको छ । दशैं मान्नको लागि उपत्यका छाड्नेहरुको क्रम बढ्दो छ । दैनिक हजारौंको संख्याले उपत्यका छोडर गइरहेको छन् । दशै संगसंगै विभिन्न बेतिथिहरु पनि निम्तिएका छन् ।

आफ्नो विभिन्न आवश्यकताहरुको परिपूर्ति गर्न बाहिरी जिल्लाका लाखाैँ मानिसहरु उपत्यका बस्छन् । कोही रोजगारीको लागि उपत्यका भित्रिएका हुन्छन् त कोही आफ्नो पठनपाठनलाई निरन्तरता दिन आएका हुन्छन् । व्यापार व्यवसाय गर्न आफ्नो घर छोडेर उपत्यका आउने पनि त्यत्तिकै छन् ।

दशैं लागेसंगै सबै आफ्नो डेरा, सटर, अफिस बन्द गरेर आफ्नो जन्मथलो तिर लाग्छन् । घरजाने उमंग संगसंगै उनीहरुले आफ्नो घरको सुरक्षा विर्सन्छन् । चाडबाड ओइरिएसंगै लुटेरा, पाकेटमार र चोरहरुको पनि ओइरो लाग्छ । घरघरमा चोरीको घटनाहरु घट्छ्, बजारमा पाकेटमारको प्रकोप पनि त्यत्तिकै बढ्छ ।

हामी घर जान्छौँ तर आफ्नो डेराको सुरक्षामा ध्यान दिँदैनाैँ । झन् चाडबाडको बेलामा दिउँसै चोर पसेको पनि थाहा हुँदैन । सबै आ आफ्नो काममा व्यस्त हुन्छन् । कतिले कोठामा ताला ठोकेर जान्छन् तर घरधनीलाई समेत जानकारी गराएका हुँदैनन् । यस्तोमा चोरहरु सजिलै घरभित्र पस्न सक्छन् ।

थोरै हतारले गर्दाखेरी कसैले कोठामा तालासमेत लगाउन बिर्सिन्छन् । जसको कारण चोरी हुन सक्छ र दशैं मान्न गएकाहरुको चाडबाडको अनुभव नै खल्लो हुने गर्दछ । यसमा महानगरपालिकाले पनि ध्यान पुर्याउनुपर्दछ । महानगरपालिकाले जनताहरुको सुरक्षाको लागि सक्दो प्रहरी खटाउनुपर्दछ ।

घरधनीले पनि कोठा बस्नेहरुको सामानको सुरक्षा गर्नुपर्छ । घरधनीले आफ्नो घर भाडामा लाइसकेपछि कोठा बस्ने कहाँ गए । कहिलेसम्म फर्किन्छन् भनेर सम्पूर्ण कुराहरु सोधपर्छ गर्नुपर्छ । अझ चाडबाडको बेलामा त घरधनीहरु आफ्नो सँगै कोठा बस्नेहरुको समेत सुरक्षाको ख्याल गर्नुपर्दछ ।

कोठाबहालमा लगाउने र जिम्मेवारी वहन नगर्ने घरधनीहरु यत्तिकै छन् । आफ्नो घर भाडामा लगाउने अनि त्यहाँ नबसेर अन्त्यै गएर बस्ने घरधनीहरु पनि छन् । यस्तो अवस्थामा चोरहरु दिउँसै पस्न सक्छन् । दशैंको बेला अधिकांशलाई दशा लाग्ने गर्छ ।

सार्वजनिक यातायातमा पनि पाकेटमारको प्रकोप बढ्दो छ । कसैलाई सुइको नदिईकन पाकेटमारहरुले कसैको मोबाइल, पर्स चोरी रहेको छन् । अझ निजी सवारी रोकेर समेत पाकेट मारेको घटनाहरु पनि हाम्रो सामु नभएको भने होइन् । यस्तोमा आफूपनि सतर्क हुन निकै आवश्यक देखिन्छ ।

यता, सार्वजनिक यातायातको आफूखुसी बढाइएको भाडालाई पनि बेतिथिको रुपमा हेर्न सकिन्छ । सार्वजनिक यातायातले आफूखुसी भाडादर कायम गर्नु कानुन विपरीत हो । संविधानलाई आफ्नो पैतालामुनि राखेर हिँडेका यातायात व्यवसायीलाई भने कसैले नियन्त्रणमा ल्याउन सकिरहेको छैन् ।

चाडबाडको मुखमा आएर यसरी आफूखुसी भाडा बढाउनु उचित नभएको सर्वसाधारणहरुको ठम्याइ छ । तै माथि पनि कानृनलाई आफ्नो हातमा लिएर जनता ठग्नु लाजको पसारो भएको सर्वसाधारण बताउँछन् ।

यसरी आफूखुसी भाडा बढाउने यातायात व्यवसायीलाई देउवाको सरकारले कारबाही नगरेको भन्दै सर्वसाधारणहरु निकै आक्रोशित छन् । यातायात व्यवसायीहरु खुलमखुल्ला हामीले सरकारलाई व्यक्तिगत सहयोग गरेको छौँ । नभए कारबाही गर्न सडकमा आउँदैनथे ।

कोरोना महामारीले अधिकांशलाई बेरोजगार बनाइदिएको छ । बेरोजगारी बढेसंगै महँगी पनि बढेको छ । जसरी पनि खानैपरेको छ । जसको कारण पनि चोरीको घटनाहरु यो वर्ष अझै बढ्न सक्छ । महँगीले आकाश छोइसकेको छ । हरेक साता सामानको भाउ उथलपुथल हुन्छ ।

यो हप्ता एक सय पचास परेको सामान अर्को हप्ता दुईसय पर्छ । हप्तामै पचास रुपियाँ पर्छ । ज्यालादारी गर्ने र निजी अफिसमा काम गर्नेहरुको तलब भने बढ्दैन् । अनि यस्तोमा कसरी खाने ? यसको जवाफ त सरकारले दिनुपर्ने हो । गरिब जनतालाई एक छाक पेट भर्न पनि धौ धौ परिसकेको छ ।

बजार अनुगमन भने एक प्रतिशत पनि छैन् । व्यापारीहरुले कालोबजारी समेत गरेको छन् । तर पनि सरकार किन मौन छ । गरिब जनता भोकले मर्न लागेको सरकारले किन देख्दैन् । झन चाडबाडको बेलामा महँगी यत्रो बढेको छ कि न्यून आयस्तर हुनेलाई त कसरी चुलो बाल्ने भन्ने चिन्ताले पिरोलिरहेको छ ।

वर्षाैँदेखि कालोबजारी यथावत् नै छ । म्याद सकिएको सामानहरु पनि बजारमा छ्याप्छयाप्ती बढेको छन् । तापनि अनुगमन हुन नसक्नु कति सर्मनाक कुरा हो । सरकारले नै जनता ठग्न व्यापारीहरुलाई छुट दिएको हो ।

दशैको लागि भनेर विभिन्न ठाउँमा दशैंलक्षित बजार खुलेको छन् । जहाँ अत्यास लाग्दो भीड देख्न सकिन्छ । यस्तो भीडमा सतर्क हुन निकै आवश्यक छ । सामान किन्दा कतिले हतारमा आफ्नो पर्स, झोला बिर्सिने गर्दछन् । त्यस्तै भीडभाडमा आफै सजकता अप्नाउन निकै जरुरी छ ।

भीडभाडमा हिँड्दा आफ्नो सामानको ख्याल राख्नु आफ्नो जिम्मेवारी हो । अझ व्यागमा पैसा, कुनै महँगो सामान छ भने त्यस्तो बेलामा निकै सतर्क हुनृपर्छ । यदि सतर्क हुन सकिएन बेला दशैं मान्न खरिददारीमा हिँडेकाहरुलाई दशा निम्तिन्छ । अलि धेरै पैसा बोकेर हिँड्नेहरुले कसरी हुन्छ पाकेटमाराले नभेट्नेगरी पैसा बोकेर हिँड्नुपर्छ ।

अझै सार्वजनिक यातायात चढ्दा आफ्नो पैसा भएको व्याग कसैलाई पनि समात्न दिनुहुँदैन । कोरोनाको जोखिम कायम नै रहँदा पनि सार्वजनिक यातायातमा निकै भीड छ । यस्तो भीडमा यात्रा गर्नु भनेको डरमर्दो भएको छ । मुख हेरेर को चोर हो भनेर चिन्न सकिँदैन् ।

पाकेटमारलाई सबैभन्दा सजिलो भीडभाडमा चोरी गर्न हुन्छ । त्यसैले भीडभाडमा जानुभन्दा अगाडि पूर्ण तयारी गर्नुपर्दछ । पैसा कसरी सुरक्षित राख्ने, आफ्नो सामानको ख्याल कसरी गर्ने यसमा सर्वसाधारण पनि आफैँ जिम्मेवार हुनुपर्छ । एकचोटि चारी भइसकेपछि जति रोइकराई गरे पनि त्यो फर्केर आउने छैन् । 

यसमा प्रहरी प्रशासनले पनि केही गर्न सक्छ जस्तो देखिँदैन् । दशैंमा घर जाने यात्रुहरुको सुरक्षाको लागि सहायता कक्ष त राखिएको छ । तर यात्रुहरुले केही सहायता पाएका छन् भन्ने कसैलाई पनि लाग्दैन् । घर जाने यात्रुहरु नै लटिएका छन् ।

सिट संख्याभन्दा बढी यात्रु नहाल्न भनेतापनि कोचाकोच यात्रु हालेको छन् । कोरोनाको जोखिमलाई समेत ध्यानमा राखिएको छैन् । झुन्डाएर हुन्छ कि कोचाएर यात्रु बोकेर हिँडेको छन् । यस्तोमा पाकेटमारा छैनन् भनेर भन्न सकिन्न । सिटभन्दा बढी यात्रु हाल्दा सवारी दुर्घटना हुन सक्छ ।

अझ नेपालको सडकको हेर्नलायकको छ । जताततै खाल्डाखाल्डै मात्र देख्न सकिन्छ । वर्षेनि करोडौं बजेट त्यही खाल्डा पुर्दै ठिक हुन्छ । यस्तोमा सवारी दुर्घटना हुन सक्दैनन् भन्न सकिन्न । यात्रु संगसंगै सामानको चाप पनि उत्तिकै छ । सवारीले थेग्न नसक्ने गरि सामान हालेको छन् ।

बैंक फाइनान्सबाट पैसा निकाल्न जाँदा पनि धेरै सजक हुनुपर्छ । चोरहरु बैंक फाइनान्सको गेटबाहिर कुरेर बसेको हुन्छन् । को कहाँ जान्छ भनेर उनीहरुले नजर राखेको हुन्छन् । बैंकबाट पैसा लिएर गेटबाहिर निस्किन नपाउँदै हाम्रो खल्ती रित्तो भइसकेको हुन्छ ।

त्यसैले पनि पैसा निकाल्न र राख्न जाँदा धेरै होसियार हुनृपर्छ । चाडबाड सबैको लागि हो । देशको कानुन र राजनीतिक स्थिति नै यस्तो छ । म मिहिनेत गरेर कमाएर खान्छु भन्नेले पनि खान पाएको छैन् । बेरोजगारी दिनहुँ बढिरहेको छ । त्यसैले चोरीको घटनाहरु बढेको हो ।

महँगी र कालोबजारीबाट नेपालीहरुले कहिलेपनि छुट्कारा नपाउने भए । ठगहरुको नेपालमा बिगबिगी छ । सरकार केही गर्न सक्दैन् लाचार भएको प्रमाण देखाएर बसेको छ । यस्तोमा देशका सम्पूर्ण नागरिकले रोजगारी पाउलान् । आफ्नो बलबुतोमा केही गएर खान सक्लान् भन्न सकिन्न् । तर दशैंको मुखमा आएर कोही पनि यस्ता घटनाको उदाहरण बन्न नपरोस् । साथै कसैले सवारी दुर्घटनामा परेर ज्यान गुमाउनु नपरोस् ।

गाउँ सहर संवाददाता

तपाईँको मत