अर्थतन्त्र
सेयरः कारोबारको चौथो दिन आज बुधबार पनि दोहोरो अंकको वृद्धि, काराेबार ५ अर्ब पुगेन
- गाउँ सहर संवाददाता
- २० असोज बुधबार, २०७८ | १५:२१:०० मा प्रकाशित
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको चौथो दिन आज बुधबार पनि दोहोरो अंकको वृद्धि भएको छ ।
आज नेप्से ६८.४७ अंकले बढेर दुई हजार ६ सय ८१ दशमलब १० विन्दुमा पुगेको हो ।
.png)
त्यस्तै, आज नेप्से बढे पनि कारोबार रकममा भने उल्लेखनीय प्रगति देखिएको छैन । आज ४ अर्ब ५० करोड ६ लाख ५८ हजार १४२ बराबरको मात्र कारोबार भएको छ । अघिल्लो दिन मंगलबार २ अर्ब मात्र कारोबार भएकोमा बुधबार भने बढेको छ । सोमबार ३ अर्ब ६२ करोड ७७ लाख बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये २० कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज सेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा बेष्ट फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, ग्रामीण विकास, नयाँ सारथी, मिथिला लघुवित्त लगायत रहेका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- एनपिएलको टिकट मूल्य निर्धारण, सामान्य टिकट ५०० रुपैयाँदेखि
- पाथीभरामा तीन महिनामा ३३ लाखभन्दा बढी भेटी संकलन
- बडादशैँको टीका र आशीर्वाद थाप्ने क्रम जारी
- देशभर हर्षोल्लासका साथ विजया दशमी मनाइयो
- विजया दशमीको टीकापछि काठमाडौँ उपत्यकाका सडकमा सवारी चाप बढ्यो
- प्रधानमन्त्रीको विजयादशमी शुभकामना : भ्रष्टाचार र कुशासन हटाउन सबै एकजुट हुनुपर्छ
- दशैँमा काठमाडौँ उपत्यकामा नेपाल प्रहरीको निःशुल्क बस सेवा
- आज विजया दशमी, मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गरिँदै
- विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे, टीका थाप्ने व्यक्ति पश्चिम फर्किनुपर्ने
- कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा बादल, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
प्रतिकृया दिनुहोस