धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त
- गाउँ सहर संवाददाता
- १९ असोज मंगलबार, २०७८ | २२:४१:०० मा प्रकाशित
काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना अन्तत: बर्खास्त भएका छन् ।
मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोत्तम सिमेन्टको शेयर कारोबार प्रकरणमा मुछिएका ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । यसअघि नै अर्थमन्त्रालयले निलम्बन गरेका उनलाई गत असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले स्पष्टीकरण सोधेको थियो ।
सरकारले उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै बर्खास्तीको निर्णय गरेको हो । उक्त कम्पनीको भित्री शेयर कारोबारमा संलग्न रहेको आरोपका सम्बन्धमा छानबिन गर्न गठित समितिको सुझाबका आधारमा सरकारले उनलाई बखास्त गर्ने निर्णय गरेको हो ।
कम्पनीको शेयर गैरकानूनी रूपमा किनेको आरोपमा उनी निलम्बनमा थिए। अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिले समेत उनलाई दोषी ठहर गर्दै अर्थमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो ।
उक्त कम्पनीको शेयर खरीद प्रकरणमा जोडिएका नेप्सेका पूर्वप्रमूख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले भने यसअघि नै राजीनामा दिइसकेका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ पुसमा ढुंगानालाई चार वर्षका लागि बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
प्रतिकृया दिनुहोस