धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त
- गाउँ सहर संवाददाता
- १९ असोज मंगलबार, २०७८ | २२:४१:०० मा प्रकाशित

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना अन्तत: बर्खास्त भएका छन् ।
मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोत्तम सिमेन्टको शेयर कारोबार प्रकरणमा मुछिएका ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । यसअघि नै अर्थमन्त्रालयले निलम्बन गरेका उनलाई गत असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले स्पष्टीकरण सोधेको थियो ।
सरकारले उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै बर्खास्तीको निर्णय गरेको हो । उक्त कम्पनीको भित्री शेयर कारोबारमा संलग्न रहेको आरोपका सम्बन्धमा छानबिन गर्न गठित समितिको सुझाबका आधारमा सरकारले उनलाई बखास्त गर्ने निर्णय गरेको हो ।
कम्पनीको शेयर गैरकानूनी रूपमा किनेको आरोपमा उनी निलम्बनमा थिए। अर्थ मन्त्रालयले गठन गरेको छानबिन समितिले समेत उनलाई दोषी ठहर गर्दै अर्थमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो ।
उक्त कम्पनीको शेयर खरीद प्रकरणमा जोडिएका नेप्सेका पूर्वप्रमूख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले भने यसअघि नै राजीनामा दिइसकेका छन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ पुसमा ढुंगानालाई चार वर्षका लागि बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
प्रतिकृया दिनुहोस