धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाका सम्बन्धमा छानविन गर्न तीन सदस्यीय जाँचबुझ समिति गठन
- गाउँ सहर संवाददाता
- १६ भदौ बुधबार, २०७८ | २१:२९:०० मा प्रकाशित

काठमाडाैँ । सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्म राज ढुंगानाका सम्बन्धमा छानविन गर्न तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको छ ।
बुधवार मन्त्रिपरिषदको बैठकले सर्वोत्तम सिमेन्टको शेयर खरीदमा बोर्डका अध्यक्ष ढुंगानाको संलग्नताबारे प्रतिवेदन पेश गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको हो ।
समितिमा प्राध्यापक नारायण प्रसाद पौडेल र नेपाल कानून आयोगका सहसचिव अर्जुन कुमार खड्का सदस्य रहेका छन् । धितोपत्र बोर्ड सम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ७ अनुसारको कामका लागि समिति गठन स्रोतले बताएको छ ।
सो उपदफा अनुसार अध्यक्षले हानि नोक्सानी पुर्याई बोर्डको हित वा पूँजी बजारको विकास विपरीत हुने गरी काम कारबाही गरेमा सरकारले तोकिए बमोजिम जाँचबुझ समितिको गठन गर्न सक्नेछ ।
जाँचबुझ समितिले सिफारिस गरेमा अध्यक्षलाई हटाउन सकिने व्यवस्था रहेको छ ।
उक्त कम्पनीको शेयर कानून विपरीत अध्यक्ष ढुंगानाले छोरीका नाममा शेयर खरीद गरेको भेटिएपछि अर्थ मन्त्रालयले यसअघि यस विषयमा छानबिन गर्न कानून महाशाखा प्रमुख पराश्वर ढुंगानाको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
- वातावरण संरक्षण अभियन्ता लामिछानेलाई ‘भोला दाहाल स्मृति ऊर्जाशील युवा विकासकर्मी पुरस्कार
- शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने गृहमन्त्रीका निर्णय
- नवनियुक्त तीन मन्त्रीले लिए शपथ, यस्ताे छ मन्त्रालयको जिम्मेवारी
- फिर्ता हुन थाल्यो खाद्यबाट लुटिएका चामल र चिनी
- नख्खु कारागारबाट फरारमध्ये २०६ कैदीबन्दी फिर्ता
- महान्यायाधिवक्तामा सबिता भण्डारी बराल नियुक्त
- सभापति रवि कारागार फर्किएलगत्तै सुमनाले छाडिन् रास्वपा पार्टी
- प्रदर्शनमा मृत्यु भएकाहरूलाई सहिद घोषणा गरिने, प्रत्येकका परिवारलाई १० लाख दिने निर्णय
- प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण
प्रतिकृया दिनुहोस