धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाका सम्बन्धमा छानविन गर्न तीन सदस्यीय जाँचबुझ समिति गठन
- गाउँ सहर संवाददाता
- १६ भदौ बुधबार, २०७८ | २१:२९:०० मा प्रकाशित
काठमाडाैँ । सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्म राज ढुंगानाका सम्बन्धमा छानविन गर्न तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको छ ।
बुधवार मन्त्रिपरिषदको बैठकले सर्वोत्तम सिमेन्टको शेयर खरीदमा बोर्डका अध्यक्ष ढुंगानाको संलग्नताबारे प्रतिवेदन पेश गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको हो ।
समितिमा प्राध्यापक नारायण प्रसाद पौडेल र नेपाल कानून आयोगका सहसचिव अर्जुन कुमार खड्का सदस्य रहेका छन् । धितोपत्र बोर्ड सम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ७ अनुसारको कामका लागि समिति गठन स्रोतले बताएको छ ।
सो उपदफा अनुसार अध्यक्षले हानि नोक्सानी पुर्याई बोर्डको हित वा पूँजी बजारको विकास विपरीत हुने गरी काम कारबाही गरेमा सरकारले तोकिए बमोजिम जाँचबुझ समितिको गठन गर्न सक्नेछ ।
जाँचबुझ समितिले सिफारिस गरेमा अध्यक्षलाई हटाउन सकिने व्यवस्था रहेको छ ।
उक्त कम्पनीको शेयर कानून विपरीत अध्यक्ष ढुंगानाले छोरीका नाममा शेयर खरीद गरेको भेटिएपछि अर्थ मन्त्रालयले यसअघि यस विषयमा छानबिन गर्न कानून महाशाखा प्रमुख पराश्वर ढुंगानाको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैँमा अधिकांश स्थानको मौसम सफा रहने, पहाडी र हिमाली क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
- राष्ट्रपति पौडेलद्वारा विज्ञान तथा नवप्रवर्तनसम्बन्धी दुई अध्यादेश जारी
- दशैँको छैटौँ दिन माता कात्यायनीको पूजा गरिँदै
- ४ हजार ९९९ रुपैयाँमै नेपाल टेलिकमको वार्षिक इन्टरनेट प्याकेज
- कपन नेवाः पुचःद्वारा दसैँको शुभकामना साटासाट
- नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै, यस्ताे छ पाैराणिक कथा
- यस वर्षको मनसुन पूर्ण रूपमा बाहिरियो, १२ दिन ढिलाइ
- नेपाल टेलिकमको ‘हुलाक सिम’ सेवा सुरु, घरदैलोमै सिमकार्ड उपलब्ध हुने
- नेपाल संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सर्वाधिक मतसहित निर्वाचित
प्रतिकृया दिनुहोस