नेपाल धितोपत्र बोर्डबाट सांग्रिला डेभलपमेन्ट बैंकलाई डिबेन्चर (ऋणपत्र) निष्काशनका लागि अनुमति
- गाउँ सहर संवाददाता
- १५ बैशाख बुधबार, २०७८ | १७:४३:०० मा प्रकाशित

काठमाडाैँ । सांग्रिला डेभलपमेन्ट बैंकको १० वर्ष अवधिको रु.७५ करोड ऋणपूँजी रकम बराबरको ऋणपत्र “सांग्रिला डेभलपमेन्ट बैंक डिवेन्चर २०८७” लाई इकाई निश्कासनका लागि धितोपत्र बोर्डले अनुमति दिएको छ ।
यससँगै बैंकले वार्षिक ९ प्रतिशत ब्याजदर भएको प्रतिडिबेञ्चर (कित्ता) रु.१,०००/— अंकित मूल्यका ७ लाख ५० हजार युनिट डिवेञ्चर निश्कासनको तयारी गरेको छ ।
उक्त रु.७५ करोड बराबरको ऋणपत्रमध्ये ४ लाख ५० हजार कित्ता ऋणपत्रले हुन आउने कूल रु.४५ करोड बराबरका कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने ३ लाख कित्ता ऋणपत्रले हुन आउने कूल रु.३० करोड बराबरको ऋणपत्र(सोमध्ये ५५ अर्थात १५,००० कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि छुट्टयाएको समेत) सर्वसाधारणका लागि सार्वजनिक निश्कासनबाट बिक्री गरिने बैंकले बताएकाे छ ।
ऋणपत्र बिक्री खुल्ला सम्बन्धी प्रक्रिया बैंकले जेठ महिनाभित्रमा अगाडि बढाउनेछ ।
बैंकको ऋणपत्र निश्कासनका लागि निश्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआइबिएल एस क्यापिटल लिमीटेड रहेको छ भने डिवेन्चर ट्रष्टिको रुपमा रहेको नागरिक लगानी कोषसँग यसअघि नै डिवेञ्चर प्रत्याभुत सम्बन्धी सम्झौता समेत भइसकेको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर ९५ शाखा कार्यालयहरु, ३१ एटिएमबाट आफ्नो गुणस्तरीय बैंकिङ सेवा प्रवाह गरिरहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस