नेप्से ४१.८४ अंकले बढेपनि २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६८३ बराबरको मात्रै कारोबार
- गाउँ सहर संवाददाता
- १९ असोज मंगलबार, २०७८ | १५:५८:०० मा प्रकाशित
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से ४१.८४ अंकले बढेर दुई हजार ६ सय १२ दशमलब ६४ विन्दुमा पुगेको हो ।
त्यस्तै, आज नेप्से बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । आज २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६८३ बराबरको कारोबार भएको छ । सोमबार ३ अर्ब ६२ करोड ७७ लाख बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये सात कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज सेयरमूल्यमा उच्च वृद्धि हुने कमपनीहरुमा समता घरेलु लघुवित्त वित्तीय संस्था, मल्टिपर्पोज फाइनान्स कम्पनी, हिमालयन पावर पार्टनर, मैलुङ खोला जलविद्युत कम्पनी, सिभिल लघुवित्त वित्तीय संस्था, छ्याङदी हाइड्रोपावर कम्पनी र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था रहेका छन् । आज यी कम्पनीको सेयरमूल्य सर्किट लेभलमा बढेको छ ।
नेप्सेका अनुसार आज एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज १३ करोड भन्दा बढीको कारोबार भएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- इन्जिनियर कुबेर नेपालीको कोसेली ‘साक्षी राखी माया मेरो’
- कांग्रेस महाधिवेशन : मतदान शुक्रबार विहान ७ बजेदेखि मात्रै
- ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
- गगन थापाको ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ प्रतिवेदन पारित, पढ्नुहोस् पूर्णपाठ
- कांग्रेसमा उम्मेद्वारहरूकाे लर्काे ८१८ जनाको उम्मेदवारी नामावलीसहित
- उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित
- यस वर्षको बडादशैँको टीकाको साइत बिहान १०ः२६ बजे
- कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश निर्विरोध
- कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता
- दसैंका लागि अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि
प्रतिकृया दिनुहोस