नेप्से ४१.८४ अंकले बढेपनि २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६८३ बराबरको मात्रै कारोबार
- गाउँ सहर संवाददाता
- १९ असोज मंगलबार, २०७८ | १५:५८:०० मा प्रकाशित

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से ४१.८४ अंकले बढेर दुई हजार ६ सय १२ दशमलब ६४ विन्दुमा पुगेको हो ।
त्यस्तै, आज नेप्से बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । आज २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६८३ बराबरको कारोबार भएको छ । सोमबार ३ अर्ब ६२ करोड ७७ लाख बराबरको कारोबार भएको थियो ।
नेप्सेका अनुसार आज कारोबार भएका कम्पनीमध्ये सात कम्पनीको सेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज सेयरमूल्यमा उच्च वृद्धि हुने कमपनीहरुमा समता घरेलु लघुवित्त वित्तीय संस्था, मल्टिपर्पोज फाइनान्स कम्पनी, हिमालयन पावर पार्टनर, मैलुङ खोला जलविद्युत कम्पनी, सिभिल लघुवित्त वित्तीय संस्था, छ्याङदी हाइड्रोपावर कम्पनी र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था रहेका छन् । आज यी कम्पनीको सेयरमूल्य सर्किट लेभलमा बढेको छ ।
नेप्सेका अनुसार आज एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको सेयरमूल्य आज १० प्रतिशतले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनीको भएको छ । यस कम्पनीको आज १३ करोड भन्दा बढीको कारोबार भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
- एसियन कप छनोट: नेपाल र श्रीलंका खेल्दै
- सेयर बजारमा दोहोरो अंकले वृद्धि
- भुटानमाथि नेपालकाे शानदार जित
- राैनक श्रीवास्तवकाे शानदार ब्याटिङमा नेपालले भुटानलाई दियाे ३५९ रनकाे लक्ष्य
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
प्रतिकृया दिनुहोस