समझदारी र एकताका लागि ढाँट र छल होइन, विधिको सर्वोच्चता - सह–अध्यक्ष जोशी
- गाउँ सहर संवाददाता
- १८ असोज सोमबार, २०७८ | ०७:४७:०० मा प्रकाशित

पाँचथर । समझदारी र एकताका लागि ढाँट र छल होइन, विधिको सर्वोच्चता सम्मान गर्नु पर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचथरका सह–अध्यक्ष राज कुमार जोशीले बताएका छन् ।
‘पार्टीमा सहमति, समझदारी र एकताको वातावरण कायम रहोस् भन्ने हाम्रो चाहना हो । त्यसैले ढाँट र छल होइन, सम्वाद र सहकार्यबाट सही प्रक्रिया अवलम्बन गरौं,’ एक प्रेस विज्ञप्ति जारी गर्दै जोशीले सोमबार भने ।
अध्यक्ष जगत थापा मगर लगायतलाई जिल्ला निर्वाचन समिति गठन नगरी अवैध अधिवेशन नगर्न पटक–पटक सचेत गराउँदा बेवास्था गरेको जोशीको भनाइ छ । आफ्नो पक्षलाई निर्वाचन समितिको संयोजक दिने दुई पक्षीय सहमति कार्यान्यवन गरेर, अविलम्ब अधिवेशन सम्पन्न गर्न उनले आह्वान समेत गरेका छन् ।
केन्द्रीय निर्वाचन समितिले शनिबार निर्देशन जारी गरेको सन्दर्भमा सह–अध्यक्ष जोशीले भने, ‘विधिको जित भएको छ, सत्यको जित भएको छ । हाम्रो अपिलको सुनुवाई भएको छ ।’
राप्रपा केन्द्रीय निर्वाचन समितिले जारी गरेको प्रेस विज्ञप्तिमा, केन्द्रीय निर्वाचन समितिले अख्तियारी प्रदान गरेको जिल्ला निर्वाचन समितिले विधि र प्रक्रिया पुर्याएर सम्पन्न गरेको निर्वाचन बाहेक अन्य कुनै निकायले सम्पन्न गरेको निर्वाचन मान्य नहुने व्यहोरा जानकारी गराइएको छ ।
‘अवैधानिक काम नगर्नुहोस्, एकताको वातावरण नबिगार्नुहोस् भनेर राप्रपा पाँचथर अध्यक्ष जगत थापा मगर लगायत साथीहरूलाई हामीले बारम्बार भन्यौं । एक्लौटी वैठक, एक पक्षीय निर्णय, विधिवत बाटो होइन, निकास होइन भन्यौं । जिल्लामा निर्वाचन समिति नै नबनी राजनीतिक तहबाट हुने, गरिने निर्वाचन कार्यक्रमले मान्यता पाउँदैन भन्यौं,’ विज्ञप्तिमा भनिएको छ ।
‘एक्लौटी निर्णय, किर्ते हस्ताक्षरबाट अघि बढाइएको अवैध निर्वाचन रोकी पाउँ भनेर पार्टी केन्द्रमा निवेदन ग¥यौं । अवैध अधिवेशन कार्यक्रम सच्याउन कार्यकतामाझ कार्यक्रम संचालन ग-यौं ।’
कार्यकर्ताको माग बमोजिम राजनीतिक सँस्कार भएका चरित्रवान, सक्षम र जिम्मेवार प्रतिनिधिहरूलाई निर्वाचित गर्नु पर्ने उनको भनाइ छ ।
‘कुनै पनि बहानामा अधिवेशन विथोल्ने कार्य नगरौं,’ जोशीले भने । ‘हतास नबनौं, पार्टीमा सबैलाई सम्मानित स्थान प्राप्त हुने नै छ ।’

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- हरियाली बाटाेमा शेयरबजार, लगानीकर्तामा थपियाे उत्साह
- साउने संक्रान्ति : लुतो फ्याँक्ने चलन, किन फालिन्छ लुतो नयाँ पुस्तालाई थाहै छैन्
- बिर्सनुभयाे कि -बीपी राजमार्गमा आजदेखि राति १२ घण्टा यातायात सञ्चालन नहुने
- आर्थिक वर्षकाे अन्तिम दिन नेप्से परिसूचक २८ सय नजिक, काराेबार रकममा वृद्धि
- बैंकहरूले साउन महिनाका लागि घटाए ब्याज दर, बैंकमा पैसा थुप्रियाे
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
प्रतिकृया दिनुहोस